अमेरिकी राजदुत बेरी र शिक्षामन्त्री श्रेष्ठबीच भेट

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले अमेरिकाले नेपालको शिक्षा क्षेत्रमा गरेको योगदान प्रशंसनीय रहेको बताएका छन् ।

नेपालका लागि अमेरिकी राजदुत र्यान्डी बेरीसँग मन्त्रालयमा भएको भेटको क्रममा मन्त्री श्रेष्ठले नेपाल र अमेरिका बीचको सम्बन्ध अझै सुमधुर रहने बताए । ‘विशेषगरी शिक्षा विद्यालय क्षेत्र सुधार कार्यक्रम (एसएसडिपी) दुर र प्राथमिक शिक्षाको विकासमा अमेरिकी सरकारले गरेको सहयोग महत्वपुर्ण रहेको छ’, मन्त्री श्रेष्ठले भने । उनले हालै निर्वाचित अमेरिकी राष्ट्रपति जो वाइडन र उपराष्ट्रपति कमला ह्यारिसको सफल कार्यकालकाे पनि शुभकामना दिए ।

भेटका क्रममा राजदुत बेरीले अमेरिकी सरकारले बहुपक्षीय ढंगबाट सहयोग गर्ने बताए । उनले भने, ‘नेपालप्रति अमेरिकी सरकारको कुनै नीति परिवर्तन भएको छैन, सहयोगका कार्यक्रमलाई निरन्तरता दिनेछौँ ।’ उनले कोभिड–१९ महामारी नियन्त्रणमा थप सहयोग गर्ने पनि बताए ।

प्रतिक्रिया