एपीएफको जीतमा सावित्राको ८ गोल

काठमाडौँ । राष्ट्रिय टीमकी फरवार्ड सावित्रा भण्डारीले राष्ट्रिय महिला लिगको एकै खेलमा ८ गोल गरेकी छन् । सोमबार भएको खेलमा सशस्त्र प्रहरी बल एपीएफका तर्फबाट सावित्राले उदयपुरको चौदण्डीगढी नगरपालिकाको टीमलाई ८ गोल गरेकी हुन्।

खेलमा एपीएफ १४–० ले विजयी भयो ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा एपिएफका लागि अनिता केसी र अनिता बस्नेतले २–२ गोल गरे। प्रतियोगितामा एपिएफलाई लगातार सातौं जित दिलाउने क्रममा अनु लामा र रुबिना घलेले १–१ गोल थपे ।

तालिकाको शीर्ष स्थानमा रहेको एपिएफको २१ र दोस्रो स्थानमा रहेको त्रिभुवन आर्मी क्लबको १५ अंक छ । चौदण्डीगढीले अहिलेसम्म अँक जोड्न सकेको छैन ।

यसअघि पहिलो लेगको खेलमा चौदण्डीगढीलाई २२–० गोलको विशाल अन्तरले हराउने क्रममा सावित्राले १२ गोल गरेकी थिइन् ।

प्रतिक्रिया