बार्सिलोनाको जितमा मेस्सीको गोल
२०७७ माघ २६ गते

काठमाडौँ । स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार बार्सिलोनाले जित निकालको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले रियल बेटिसलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।
बार्सिलोनाको जितमा कप्तान लियोनेल मेस्सी र ट्रिन्काओले गोल गर्दा एक गोल उपहार पाएको थियो । बेटिसका बोर्जा इग्लिसियस र भिक्टर रुइजले गोल गरेपनि हार टार्न सकेन ।
यस जितसँगै बार्सिलोना २१ खेलबाट ४३ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । समान ४३ अंक भएपनि रियल म्याड्रिड गोल अन्तरमा तेस्रोमा रहेको छ । पराजित बेटिस ३० अंकसहित सातौ स्थानमा रहेको छ ।
२०७७ माघ २६ गते
प्रतिक्रिया
सम्बन्धित








