पीएसजीको जितमा एमबाप्पे र इकार्डीको गोल
२०७७ माघ २६ गते

काठमाडौँ । फ्रेन्च लिग फुटबल अन्तर्गत पेरिस सेन्ट-जर्मेन (पीएसजी) विजयी भएको छ ।
अवे मैदानमा गएराती भएको खेलमा पीएसजीले मार्सेइलीलाई २-० ले पराजित गरेको हो । पीएसजीका लागि नवौँ मिनेटमा केलियन एमबाप्पे र २४ औँ मिनेटमा आइकार्डीले गोल गरे ।
जितसँगै पीएसजी २४ खेलबाट ५१ अंक जोडेर तेस्रो स्थानमा यथावत रहेको छ । शीर्षस्थानको लिलको ५४ तथा दोस्रो स्थानमा रहेको लियोनको ५२ अंक छ । पराजित मार्से ३३ अंक जोडेर नवौं स्थानमा रहेको छ ।
२०७७ माघ २६ गते
प्रतिक्रिया
सम्बन्धित








