यस्तो छ आजको पञ्चाङ्ग र राशिफल [भिडियोसहित]

पञ्चाङ्ग
वि.सं.२०७७ साल माघ २६ गते । सोमबार । ईश्वी सन् २०२१ फेब्रुवरी ०८ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । माघ कृष्णपक्ष । तिथि–द्वादशी,५० घडी ४० पला,रातको ०३ बजेर ०४ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र–मूल,२१ घडी ४४ पला,दिउसो ०३ बजेर ३० मिनेट उप्रान्त पूर्वाषाढा । योग–हर्षण,१२ घडी ५२ पला,बिहान ११ बजेर ५७ मिनेट उप्रान्त बज्र । करण–कौलव,दिउसो ०३ बजेर ५४ मिनेट उप्रान्त तैतिल,रातको ०३ बजेर ०४ मिनेट उप्रान्त गर । आनन्दादिमा–लुम्ब योग । चन्द्रराशि–धनु । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ४८ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ४८ मिनेट । दिनमान २७ घडी ३० पला ।

बार बेला ।
बिहान ०६ बजेर ४९ मिनेटसम्म अमृत बेला ।
बिहान ६ बजेर ५० मिनेटदेखी बिहान ८ बजेर ११ मिनेटसम्म काल बेला ।
बिहान ८ बजेर १२ मिनेटदेखी बिहान ९ बजेर ३४ मिनेटसम्म शुभ बेला ।
बिहान ०९ बजेर ३५ मिनेटदेखी बिहान १० बजेर ५६ मिनेटसम्म रोग बेला ।
बिहान १० बजेर ५७ मिनेटदेखी मध्यान्ह १२ बजेर १९ मिनेटसम्म उद्वेग बेला ।
मध्यान्ह १२ बजेर २० मिनेटदेखी दिउसो १ बजेर ४१ मिनेटसम्म चर बेला ।
दिउसो १ बजेर ४२ मिनेटदेखी दिउसो ३ बजेर ०४ मिनेटसम्म लाभ बेला ।
दिउसो ३ बजेर ०५ मिनेटदेखी बेलुकी ४ बजेर २६ मिनेटसम्म अमृत बेला ।
बेलुकी ४ बजेर २७ मिनेटदेखी बेलुकी ७ बजेर २६ मिनेटसम्म शुभ बेला ।
नोटःशुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृतबेलाको समय पार्नुहोला ।

राहुकाल
बिहान ०८ बजेर ११ मिनेटदेखी बिहान ०९ बजेर ३३ मिनेटसम्म रहनेछ ।

राशिफल
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सरकारी पदमा बसेर सेवा प्रबाह गर्नेहरुले समयमा तपाईँको काम नगरिदिदा महत्वपूर्ण अवसरबाट बञ्चित हुने पर्नेछ । यात्रा हुने भएपनि बाटामा दुख तथा शास्ति खेप्नु पर्ने हुन सक्छ ध्यान दिनुहोला । मनमा एक किसिमको बेचैन आउने हुनाले काम गर्न मन लाग्ने छैन । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ । माया प्रेममा रमाउन चाहनेहरुका लागी समय मध्ययम रहेकोछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) पहिलेका गरेका काम पुनह गर्नुपर्दा अलमल बढ्न सक्छ ध्यान दिनुहोला । एउटै कामका लागी धेरै समय दौडधुप गर्नुपर्नेछ । तत्काल फाइदा नहुने काममा जुट्नुपर्दा मन खिन्न हुनेछ । समयले बिभिन्न चुनौति निम्त्याउन सक्छ । ठूलो भागको आशा राख्दा भएको वस्तु समेत गुम्ने खतरा रहेकोछ । अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला हुनेछ । स्वास्थ्यका लागी व्यायाम तथा आहार विहारमा ध्यान पुर्याउनुहोला । आफन्त तथा चेलिहरुसँग विवाद बढ्ने योग रहेकोछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) आर्थिक तथा बौद्धिक क्षेत्रमा राम्रो प्रगती गर्न सकिनेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वद्धि हुनेछ । अध्ययन अध्यापनमा मन जाने हुनाले सकारात्मक नतिजा हात लाग्नेछ । बिभिन्न भौतिक सम्पती तथा सवारी साधन प्राप्तिको योग रहेकोछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ । तरपनि सरसफाईमा ध्यान दिनुहोला ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) दैनिक कारोबारले गति लिने तथा आर्थिक रुपमा सबल हुने समय रहेकोछ । तपाईँको कुरा काट्नेहरु आफै किनारा लाग्नेछन् । लामो समयदेखि रोकिएर बसेका कामहरु बन्ने तथा न्यायिक निर्णयहरु तपाईँकै पक्षमा आउनेछन् । ऋण,रोगबाट मुक्ती मिल्ने हुनाले मन प्रशन्न हुनेछ । आफन्त तथा मावली पक्षको आशिर्वादले काम गर्न जोस जागर बढेर आउनेछ । अध्ययनमा मन जाने तथा श्रमको उचित मुल्याङकन हुनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) मान तथा सम्मानमा दाग लाग्न सक्छ काम गर्दा ध्यान लिनुहोला । व्यावसायमा भनेजस्तो आम्दानी नहुने हुनाले दैनिक गुजारा चलाउन हम्मे हम्मे पर्नेछ । आफ्ना कमजोरिहरु भरसक लुकाउने प्रयास गर्नुहोला अरुले आलोचना गर्न सक्छन् । हतार गर्ने बानिले अनाबस्यक बिवादमा फस्ने योग रहेको छ । पढाइ लेखाइमा अरुभन्दा पछी परेको भान हुनेछ भने काम गर्दा ख्याल गर्नुहोला काममा बाधा तथा दुख दिनेहरु सक्रिय हुनेछन् ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) बिद्यामा समय दिन नसक्दा अरु भन्दा पछी परिनेछ । घरपरिवारका सदस्य वा आमाको स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च बढेर जानेछ । यन्त्र तथा उपकरणको प्रयोग गर्दा ध्यान दिनुहोला । सामाजिक काममा दिन बित्ने योग रहेको छ । राजनीति तथा सामाजिक काममा समर्थन भन्दा आलोचना बढि हुनेछ । तरपनि कृषि तथा पशुपालन व्यावसायबाट भनेजस्तो नाँफा कमाउन सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) आफन्त तथा दाजुभाईबाट विभिन्न उपहार प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् भने माया प्रेममा नजिक हुन सकिनेछ । रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने सकिनेछ । निर्माण सामाग्री तथा दैनिक उपभोग्य उद्योग र व्यापारबाट विशेष फाइदा लिन सकिनेछ । प्रतिद्वन्द्वीहरूलाई सजिलै हराउन सकिने तथा न्यायिक निर्णयहरु तपाईँकै पक्षमा हुनेछन् । महत्वाकांक्षी योजना बिस्तारै फलदायी हुनेछन् । राम्रा काम गरी नाम र दाम दुवै कमाउन सकिनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) अरूका लागी समय र श्रम खर्चनु पर्दा पन खिन्न हुनेछ । समयको मागअनुसार चल्न नसक्दा पछि परिनेछ । तपाईँको डाहा गर्नेहरूले सताउनेछन् भने पहिलेकै काम दोहोर्याउनु पर्ने अवस्गा आउनेछ नीति नियमलाई बेवास्ता गर्दा चुनौती दण्ड र जरिवाना तिर्नुपर्ने हुन सक्छ । तरपनि पहिलेका कमजोरीलाई सुधार्ने मौका पाइनेछ । आफन्त तथा कुटुम्बबाट सहयोग प्राप्त हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) आफन्त तथा सहयोगिको सल्लाह तथा सुझाबलाई बेवास्ता गर्दा दुख पाईनेछ । काम बिग्रने हुँदा मान सम्मानमा आघात पुग्नेछ ध्यान लिनुहोला । साना तिना घरेलु समस्याले सताउनेछ । आफनो भन्दा अरुकै काममा समय बित्नेछ । दिनभरु ब्यस्त भए पनि न्यून पारिश्रमिकमा चित्त बुझाउनु पर्नेछ । माया प्रेममा सामान्य खटपट हुनेछ भने दाम्पत्य जीवनमा सामान्य समस्या आउन सक्छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) समय मध्ययम रहेकोले उत्साह र जाँगरमा कमी देखिने छ । लगानी र श्रमको उचित मूल्य नपाइने समय रहेकोछ । खानपान तथा बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा कमजोरी महसुस हुनेछ । समयमा होसियार बन्न नसक्दा आम्दानीका तुलनामा खर्चको मात्रा बढ्ने योग छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइने छ । परिवारजनसँग भावनात्मक दूरी बढ्न सक्छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) पैत्रिक धन तथा प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । खाद्यान्न,औषधी तथा निर्माण सामाग्रीको व्यापारमा वृद्धि हुने तथा अन्य सामान्यको कारोबारमा सामान्य मन्दि आउनेछ । कृषि तथा पशुपालनको क्षेत्रमा राम्रो मुनाँफा कमाउन सकिनेछ । प्रणय सम्बन्ध सुदृड हुने तथा घर परिवारका साथ मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) व्यापार व्यावसाय फस्टाएर जानेछ । नयाँ काम पाउने तथा नोकरिमा पदोन्नति हुने समय रहेको छ । साथिभाई सँग रमाईलो भेटघाट हुने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । पढाइ लेखाइमा अन्य दिन भन्दा सुधार भएर जानेछ । राजनीति कर्मिहरुका लागि आजको दिन उत्तम रहेको छ । आफुले माया गर्ने मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रशन्न हुँनेछ ।

तपार्ईँको दिन शुभ रहोस् ।

  • ज्यो.डिपी उपाध्याय 

प्रतिक्रिया