अविश्वास प्रस्ताव टेबल नगरी बैठक स्थगित

  • सुमन सुस्केरा

विराटनगर । आइतबारका लागि डाकिएको प्रदेश नं. १ को  प्रदेश सभा बैठक स्थगित भएको छ । बैठक अवरुद्ध पारिएपछि ९ फागुनसम्मको लागि स्थगित भएको हो ।

यसअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले मुख्यमन्त्री शेरधन राईविरुद्ध  पुस १२ गते दर्ता भएकाे अविश्वासको प्रस्ताव टेबल गर्ने निर्णय गरेको थियो । निर्णयसँगै नेकपा ओली समूहले अबरुद्ध गरेको हो ।

१८ दिनपछि बोलाइएको बैठकमा  नेकपाकाे दाहाल–नेपाल पक्षले भने कुनै पनि हालतमा प्रस्ताव टेबल हुनुपर्ने अडान लिएकाे थियो ।

प्रतिक्रिया