प्रदेश १ बैठक : अविश्वासको प्रस्ताव टेबल गर्ने कार्यव्यवस्थाको निर्णय

  • सुमन सुस्केरा

विराटनगर । प्रदेश नं. १ को प्रदेश सभा बैठकअगाडि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठक सकिएको छ । बैठकले मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्ताव टेबल गर्नेगरी कार्यसूची तयार गरेको छ ।

कार्यव्यवस्थाको यो निर्णयसँगै अब शुरु हुने प्रदेश सभा बैठकमा मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव टेबल हुनेछ । सभामुख प्रदीपकुमार भण्डारीले प्रदेशसभा बेठकअगाडि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका थिए ।

यता नेकपाका दुवै खेमा भने आ–आफ्नै रणनीतिमा थिए । मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव टेबल नगर्ने अडान राखेको केपी शर्मा ओली पक्षीय नेकपा सांसदहरुले निलम्बित १६ जना सांसदहरुलाई प्रवेश नदिने बताइरहेका थिए भने पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेकपा सांसदहरुले भने त्यसलाई हाँस्यास्पद भएको बताएका थिए । यो पक्ष भने आजको बैठकमा मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव कुनै पनि हालतमा टेबल हुनुपर्ने अडानमा थियो । अन्ततः प्रस्ताव टेबल हुने भएको छ ।

प्रदेश सभा बैठक केही बेरपछि शुरु हुने नेताहरुले बताएका छन् ।

प्रतिक्रिया