भरानेको दुई गोलमा रियल म्याड्रिडको जित

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिड विजयी भएको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले हुएस्कालाई २-१ गोल अन्तरले जित हासिल गरेको छ ।

रियल म्याड्रिडको जितमा राफेल भरानेले दुई गोल गरेका थिए । उनले खेलको ५४औं र ८४औं मिनेटमा गोल गरेका थिए । त्यस्तै हुएस्काका लागि जाभी गलानले एक गोल गरेका थिए ।

यो जितपछि रियल म्याड्रिडको २१ खेलमा ४३ अंक भएको छ र लिगमा दोस्रो स्थानमा कायम रहेको छ । त्यस्तै लिगमा एटलेटिको म्याड्रिड १९ खेलमा ५० अंकसहित शीर्ष स्थानमा रहेको छ । त्यसैगरी हुएस्काको भने यो २२ खेलमा १६ अंक रहेको छ र लिगको पुछारमा रहेको छ ।

प्रतिक्रिया