कलाकार र खेलाडीको क्रिकेटमा सुन्तली ‘ए’ टिम बिजयी

चितवन । चितवनमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणलाई सहयोग जुटाउन शनिवार भएको मैत्रीपूर्ण क्रिकेटको फाइनलमा टिम सुन्तली ‘ए’ २ रनले विजयी भएको छ ।

टिम सुन्तली ए ले दिएको ९७ रनको लक्ष्य पछ्याएको टिम धुर्मुस ‘ए’ ले १० ओभरमा ४ विकेटको गुमाएर ९५ रन मात्र बनाउन सक्यो ।

कुञ्जना घिमिरे सुन्तली कप्तान रहेको टिममा विनोद भण्डारी, सिता राना मगर, इन्दु वर्मा, विवेक सिंह ठकुरी, प्रकाश सपुत, अनिल गुरुङ, बचन कार्की, रामकृष्ण ढकाल, अनुपविक्रम शाही थिए ।

मल्ल, अनिल साह, सुनिल थापा, प्रमोद खरेल, दयाहाङ राई, रवि ओड, नरेश भट्टराई, सुरक्षा पन्त, सदिना श्रेष्ठ र बेनिसा हमाल थिए ।

चारवटा टिम सहभागी मैत्रीपूर्ण खेलमा शुरुका एक एक खेल जित्दै टिम धुर्मुस ‘ए’ र टिम सुन्तली ‘ए’ फाइनल पुगेका थिए ।
पहिलो खेलमा टिम धुर्मुस ‘ए’ ६ रनले विजयी भएको थियो । टिम ‘ए’ ले दिएको ७० रनको लक्ष्य पाएको टीम ‘बी’ ले ६३ रन मात्र बनाउन सकेको थियो ।

दोस्रो खेलमा टिम सुन्तली ‘ए’ ले टिम ‘बी’ लाई ७ विकेटले हराएको थियो । टीम ‘ए’ ले दिएको ५७ रनको लक्ष्य पछ्याएको टिम ‘बी’ ५० रनमात्र बनाउन सक्यो ।

मैत्रीपूर्ण खेलको उद्घाटन गर्दैै भरतपुर महानगरकी प्रमुख रेनु दाहालले रङ्गशाला निर्माणमा सहयोग गर्न सबैमा आग्रह गरिन ।

प्रतिक्रिया