गर्भवतीको हेलिकप्टरमार्फत उद्धार

गलकोट । बागलुङकाे बडीगाड गाउँपालिकामा एक गर्भवतीको हेलिकप्टरमार्फत उद्धार गरीएको छ ।

स्थानीय स्वास्थ्य चाैकीमा सुत्केरी गराउन असम्भव भएपछि गाउँपालिकाकाे पहलमा बडीगाड गाउँपालिका–५ धैरेनी कि २४ वर्षीया शान्ता घिमिरेलाई हेलिकप्टरबाट उद्धार गरि पाेखरा पठाइएकाे हाे ।

सुत्केरी गराउन ढोरपाटन नगरपालिकास्थित बुर्तिवाङ स्वास्थ्य चौकी लगेपनि अत्यधिक रक्तश्रावका कारण सुत्केरी गराउन नसकेपछि बडीगाड गाउँपालिकाको समन्वयमा हेलिकप्टरमार्फत उद्धार गरी गण्डकी अस्पताल पोखरा पठाइएको बडीगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंङ पाइजाले जानकारी दिए ।

स्वास्थ्यकर्मीले, तत्कालै सुत्केरी नगराए गर्भवती र शिशु दुवैको ज्यान खतरामा रहेको जनाएपछि हेलिकप्टरमार्फत उद्धार गरिएको पाइजाले बताए ।

प्रतिक्रिया