कैलालीमा माटोको ढिस्कोमा पुरिएर तीन जनाको मृत्यु, दुई घाइते

काठमाडौं । कैलालीमा माटोको ढिस्कोमा पुरिएर ३ जनाको मृत्यु भएको छ । जानकी गाउँपालिका वडा नं. १ स्थित कालिका वन नजिक माटो खन्ने क्रममा उनीहरुको मृत्यु भएको हो ।

शनिबार मध्यान्ह १२ बजे १७ वर्षीया धनसरी सवाल र २० वर्षीय भावना वडको घटनास्थलमै मृत्यु भएको हो । भने ३० बर्षीय गंगादेवी जयगडीको टीकापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

यस्तै, ढिस्को खसेर घाइते भएका १२ वर्षीय काजल सवाल र अन्जु जगयढीको टिकापुर अस्पतालमै उपचार भइरहेको छ।

प्रतिक्रिया