आज देशव्यापी जक्काजाम

काठमाडौं । भारतमा शनिबार देशव्यापी चक्काजाम घोषणा गरिएको छ । किसान आन्दोलनका क्रममा आज देशभर चक्काजाम कार्यक्रम घोषणा गरिएको हो ।

शनिबार दिउँसो १२ बजेदेखि ३ बजेसम्म देशव्यापी चक्काजाम घोषणा गरिएको हो । यद्यपी दिल्ली, उत्तर प्रदेश र उत्तराखण्डमा चक्काजाम  हुने छैन।

तीनवटा कृषि कानुन फिर्ता गर्न माग गर्दै आन्दोलनमा रहेका किसानहरुले चक्काजामको घोषणा गरेका हुन्।

संयुक्त किसान मोर्चाले चक्काजाम शान्तिपूर्ण रुपमा सफल पार्न र घुसपैठ हुनबाट रोक्न अपिल गरेको छ ।

प्रतिक्रिया