बायर्न १० अंकले अगाडि

काठमाडौँ । जर्मन बुन्डेसलिगा साविक विजेता बायर्न म्युनिखले साँघुरो जित निकालेको छ । शुक्रबार राति भएको खेलमा बायर्नले हेर्था बर्लिनलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

बायर्नको जितमा किन्सले कोम्यानले निर्णायक गोल गरे । यो जितपछि बायर्नको २० खेलबाट ४८ अंक भएको छ । आरबी लाइपजिग ३८ अंकसहित दोस्रो स्थानमा छ ।

प्रतिक्रिया