इन्टर फेरि शीर्ष स्थानमा

काठमाडौँ । इन्टर मिलान फेरि इटालीको सिरी ए को शीर्ष स्थानमा फर्केको छ । शुक्रबारको खेलमा फियोरेन्टिनालाई २-० ले हराउँदै इन्टर शीर्ष स्थानमा फर्केको हो ।

मिलानका लागि मिडफिल्डर निकोलो बारेलाले पहिलो गोल गरे, दोस्रो गोल इभान पेरिसिचको नाममा रह्यो ।

यो जितपछि इन्टरको २१ खेलबाट ४७ अंक भएको छ । एक खेल कम खेलेको एसी मिलानको ४६ अंक छ र दोस्रो स्थानमा छ ।

प्रतिक्रिया