आङ साङ सुकी आफ्नै घरमा नजरबन्दमा राखिएको पुष्टि

याङ्गुन । म्यानमारको ‘नेशनल लिग फर डेमोक्रेसी (एनएलडी)’ को अध्यक्ष आङ सान सुकीलाई उनकै घरमा नजरबन्दमा राखिएको एनएलडीले पुष्टि गरेको छ ।

गत सोमबार म्यानमारमा सेनाले ‘कू’ गरी राज्यसत्ता कब्जा गरेपछि अहिंसावादी राजनीतिका लागि गरेको त्यागका लागि ९० को दशकमा नोबेल पुरस्कारबाट सम्मानित नेतृ सुकीको अवस्थाबारे जानकारी दिँदै उक्त जानकारी गराइएको हो ।

उनका सञ्चार अधिकृत क्यी टोयले आफ्नो आधिकारिक फेसबुक पेजमा लेखेका छन् , “नेतृ सुकीलाई उहाँकै घरमा नजरबन्दमा राखिएको छ र उहाँको स्वास्थ्य राम्रो रहेको छ ।”

मैले जानकारी पाएसम्म नेतृ सुकीलाईनकै निवासमा नजरबन्दमा राखिएको छ, टोयले एएफपीसंग भने ।

प्रतिक्रिया