ओलीको समर्थनमा सुरु भयो जुलुस [तस्बिरसहित]
२०७७ माघ २३ गते
![ओलीको समर्थनमा सुरु भयो जुलुस [तस्बिरसहित]](https://www.makalukhabar.com/wp-content/uploads/2021/02/11.jpg)
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी शर्मा ओली समूहले संघीय राजधानी काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछ । ‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश’ भन्ने नाराका साथ शक्ति प्रदर्शनसहित सभा गर्न लागेको हो ।
नारायणहिटी दरबार सङ्ग्रहालय अगाडि हुने जनसभाका लागि विभिन्न क्षेत्रबाट जुलुस निकालिदैछ । बागबजार, प्रदर्शनी मार्ग, महेन्द्र शालिक पूर्व, घण्टाघर, नेपाल एअरलाईन्स अगाडि, त्रिपुरेश्वर, गौशाला, माइतीघर, पुतलीसडक, लैनचौर, सोह्रखुट्टे नयाँ रोड, टेकु, बसन्तपुर, सोह्रखुट्टे, ज्ञानेश्वर, पुरानो बानेश्वर लगायतका स्थानबाट जुलुस निकालिन लागेको हो ।
यहिबीच घट्टेकुलो क्षेत्रबाट पनि जुलुस सभास्थल तर्फ अघि बढेको छ । हेरौं केहि तस्बिर :-

२०७७ माघ २३ गते
प्रतिक्रिया
सम्बन्धित








