यस्तो छ आजको पञ्चाङ्ग र राशिफल [भिडियोसहित]

पञ्चाङ्ग
वि.सं.२०७७ साल माघ २३ गते । शुक्रबार । ईश्वी सन् २०२१ फेब्रुवरी ०५ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । माघ कृष्णपक्ष । तिथि–अष्टमी,११ घडी १५ पला,बिहान ११ बजेर २० मिनेट उप्रान्त नवमी । नक्षत्र–विशाखा,३२ घडी १४ पला,बेलुकी ०७ बजेर २४ मिनेट उप्रान्त अनुराधा । योग–वृद्धि,३४ घडी ४८ पला,बेलुकी ०८ बजेर ४६ मिनेट उप्रान्त ध्रुव । करण–कौलव,बिहान ११ बजेर २० मिनेट उप्रान्त तैतिल,बेलुकी १० बजेर १० मिनेट उप्रान्त गर । आनन्दादिमा–मातंग योग । चन्द्रराशि–तुला,दिउसो ०२ बजेर ०९ मिनेट उप्रान्त बृश्चिक । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५० मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ४६ मिनेट । दिनमान २७ घडी ४९ पला ।

बार बेला ।
बिहान ०६ बजेर ५० मिनेटसम्म चर बेला ।
बिहान ६ बजेर ५१ मिनेटदेखी बिहान ८ बजेर १२ मिनेटसम्म लाभ बेला ।
बिहान ८ बजेर १३ मिनेटदेखी बिहान ९ बजेर ३४ मिनेटसम्म अमृत बेला ।
बिहान ०९ बजेर ३५ मिनेटदेखी बिहान १० बजेर ५६ मिनेटसम्म काल बेला ।
बिहान १० बजेर ५७ मिनेटदेखी मध्यान्ह १२ बजेर १८ मिनेटसम्म शुभ बेला ।
मध्यान्ह १२ बजेर १९ मिनेटदेखी दिउसो १ बजेर ४० मिनेटसम्म रोग बेला ।
दिउसो १ बजेर ४१ मिनेटदेखी दिउसो ३ बजेर ०२ मिनेटसम्म उद्वेग बेला ।
दिउसो ३ बजेर ०३ मिनेटदेखी बेलुकी ४ बजेर २४ मिनेटसम्म चर बेला ।
बेलुकी ४ बजेर २५ मिनेटदेखी बेलुकी ७ बजेर २४ मिनेटसम्म रोग बेला ।
नोटःशुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृतबेलाको समय पार्नुहोला ।

राहुकाल
बिहान १० बजेर ५६ मिनेटदेखी दिउसो १२ बजेर १८ मिनेटसम्म रहनेछ ।

राशिफल
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) समुदायको हितमा राम्रा काम गर्न सकिनेछ । सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्न सकिनेछ । कीर्तिमानी काम गरि नाम तथा ईज्जत प्रतिष्ठा कमाउन सकिनेछ । सहयोगीहरूले साथ दिनेछन् भने आँटेका काम पनि सजिलै सम्पादन हुनेछन् । सन्तान तथा आफन्तको सहयोगले राम्रा काम गर्न सकिनेछ । अध्ययनमा मन जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । साझपख समय मध्ययम रहेकोले भौतिक सम्पतीको प्रयोग गर्दा ध्यान दिनुहोला ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) माया प्रेमको गाठो कसिलो हनुको साथै दाम्पत्य जीवन सुमधुर रहनेछ । पढाइ लेखाइमा अरुभन्दा एक कदम अगाडी बढि नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ । व्यापार व्याबसायबाट भनेजस्तो आम्दानी हुनाले जीवन यापन सहज मार्गमा अगाडी बढ्नेछ । बिहानको समय मध्ययम रहेकोले सत्रु लाग्नेछन् भने न्यायलयबाट हुने न्यायिक निर्णयहरु तपाईँकै पक्षमा नहुन सक्छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) भाइबहिनी र छोराछोरीका साथ मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । उन्नती,प्रगती र शैक्षिक क्षेत्रमा ध्यान जानेछ । भौतिक स्रोत साधनको प्रयोग गरी आम्दानी बढाउन सकिनेछ । औषधीजन्य तथा दैनिक उपभोग्य सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दी आउने तथा घाटा लाग्नेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) आफन्त तथा आमासँग मनमुटाब सिर्जना हुनेछ भने महत्वकांक्षी सोचले मन अशान्त रहनेछ । यन्त्र,औजार तथा मेसिनरी सामान बिग्रनाले खर्च बढ्ने योग रहेकोछ । छाती सम्बन्धी समस्या आउने हुनाले बाहिर वातावरण तथा खानपानमा ध्यान दिनहोला । परिस्थिती बस दैनिक कामहरु स्थगित गर्नुपर्ने हुनसक्छ । तरपनि कृषि तथा पशुपालन व्यावसायमाबाट लाभ लिन सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) दाजुभाई तथा छिमेकिसँग अनाबस्यक बिवाद हुनसक्छ ध्यान दिनुहोला । पढाइ लेखाइमा अरुभन्दा पछी परिने चिन्ताले सताउनेछ । स्वास्थ्यमा कमजोरि देखिने हुँदा दैनिक कामकाजमा समस्या पैदा हुन सक्छ ख्याल गर्नुहोला । आफन्त तथा साथिभाईबाट सुनिने दुखित समाचारले मन खिन्न हुनेछ । व्यापार व्यावसायमा नाँफा कमाउन निकै समय खर्चनु पर्नेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) समाजमा राम्रा काम गरि नाम तथा ईज्जत प्रतिष्ठा कमाउन सकिनेछ । पारिवारिक माहोलामा जभघट भई मिठो मसिनो भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । व्यापारमा थोरै लगानी गर्दा पनि मनग्गे धन आर्जन गर्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागी समयले साथ दिनेछ भने जीवन साथिको सहयोग पाईने हुँदा मन प्रशन्न रहनेछ । पढाइ लेखाइमा उत्कृष्ट नतिजाका साथ अरुभन्दा अग्र स्थानमा तपाईँको नाम आउनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) व्यापार व्यावसाय वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । धार्मिक र सामाजिक काममा मन जाने तथा समाजमा राम्रा काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । घरपरिवार तथा आफन्तबाट साथ सहयोग प्राप्त हुनेछ । समयले साथ दिने हुनाले राम्रा अवसरहरू प्राप्त हुनेछन् । स्वास्थ्य अनुकूल हुनाले अध्ययन भनेजस्तो प्रगति गर्न सकिनेछ । मित्र, परिवार र सहयोगीले साथ दिनेछन् । लाभदायक परिणाम प्राप्त हुने क्षेत्रमा रुपैया पैसा लगानी गर्न सकिनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) लामो समयदेखि रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । साथीभाइ र आफन्तबाट सहयोग जुटाई राम्रा काम गर्न सकिनेछ । अग्रजहरुको सहयोग पाईने हुनाले उत्साहमा बृद्धि हुनेछ । उद्योगधन्दा र बन्दव्यापारबाट मनग्गे फाइदा हुनेछ । आम्दानीका प्रयास सफल हुनेछन् । प्रतिस्पर्धीहरु परास्त हुनेछन् न्यायिक निर्णयहरु तपाईँकै पक्षमा फैसला हुनेछन् । सामाजिक क्षेत्रबाट प्रशंसा,सम्मान र सहयोग प्राप्त हुनेछ । लामो दुरिको यात्राको योग रहेकोछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) आर्थिक रुपमा सवल हुनका लागी थालिएका कामहरुबाट मनग्गे लाभ हुनेछ । पैत्रिक तथा सरकारी धन सम्पति लाभ हुने योग रहेकोछ । माया प्रेमको गाठो कसिलो भएर जानेछ भने आफन्त हरुसँगको सम्बन्धमा प्रगाडता थपिनेछ । खनिज पदार्थ तथा प्राकृतिक स्रोत साधनको कारोबारबाट भनेजस्तो आम्दानि गर्न सकिनेछ । बिद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरु आफै किनारा लाग्नेछन् । साझपख समय मध्ययम रहेकोले सरसफाईमा ध्यान दिनुहोला । अत्यावस्यक काममा बाहेक यात्रा नगर्नुहोला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) राम्रा काम गर्दा गर्दै बिपक्षहरुले अनावस्यक भ्रम सिर्जना गरेर तपाईको साख गिराउन खोज्नेछन् । कार्य क्षेत्रमा काम बिग्रने तथा आलोचनाको शिकार हुनुपर्दा मान सम्मानमा आघात पुग्नेछ । साझपख समय राम्रो रहेकोले व्यापारमा भनेजस्तो आम्दानि हुनेछ भने प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत लाभ लिन सकिनेछ । प्रेम सम्बन्ध सुदृड हुने तथा छोटो दुरिको लाभदायी यात्राको तय हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) धार्मिक र सामाजिक काममा समय व्यातित हुँदा मन प्रशन्न हुनेछ । अध्ययनमा मन जाने तथा दार्शनिक विषयवस्तुमा मन केन्द्रित हुनेछ । व्यावसायमा समय लगानी गरी लाभ लिन सकिनेछ भने लगानीका क्रममा जान्नेबुझ्ने र अनुभवीहरुको राय लिनु राम्रो हुनेछ । खानपिनका परिकार प्राप्त हुने तथा परिवारका साथ रमाईलो वातावरणमा दिन व्यातित गर्न सकिनेछ । छोटो दुरिको यात्राको तय गर्न सकिनेछ तथा घर फिर्ताको साईत जुर्नेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) समय मध्ययम रहेकोले राम्रो बोल्दा बोल्दै बोलीको विपरीत अर्थ लगाई आलोचना गर्नेहरु शक्रिय हुनेछन् । शरीर भारि र मन अस्थिर हुन सक्छ । आलस्य र थकानको अनुभूति हुनेछ । बाटो काट्दा वा भौतिक सम्पतीको प्रयोग गर्दा ध्यान दिनुहोला । परिवारका सदस्य वा नजिकैको साथीसँग घरायसी कुरामा राय बाजिनेछ । अध्ययनमा मन नजादा अरुभन्दा पछि परिनेछ ।

तपार्ईँको दिन शुभ रहोस् ।

  • ज्यो.डिपी उपाध्याय 

प्रतिक्रिया