८० जना कैदीबन्दीलाई ‘कोरोना भ्याक्सिन’

डोटी । जिल्ला कारागार डोटीमा रहेका ८० जना कैदीबन्दीलाई कोरोनाविरुद्धको खोप लगाइएको छ ।कोरोनाको जोखिम नहोस् भनेर कैदीको सुरक्षामा खटिएका ३० जना सुरक्षाकर्मीलाई पनि खोप लगाईएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका कोभिड सम्पर्क व्यक्ति सूर्य विष्टले बताए ।

कारागारमा रहेका ८४ जना कैदीबन्दीमध्ये बाँकी ४ जनाले खोप लगाउन नमानेको पनि उनले बताए ।

उनले भने, “कारागारमा रहेका कैदीबन्दीलाई कोरोना विरुद्धको खोप लगाउन शुरु गरेका थियौँ तर चार जना बन्दीले लगाउन मान्नु भएन हामी अरुलाई लगाएर फर्कियौँ, उनीहरुलाई पनि लगाउन आग्रह गरिरहेका छौँ ।”

पहिलो चरणमा कोरोना नियन्त्रणका लागि डोटीका फ्रन्ट लाइनमा काम गर्ने एक हजार ५२६ जना स्वास्थ्यकर्मी, कर्मचारीलाई उक्त खोप लगाउने योजनाअनुसार कैदी बन्दीसहित सुरक्षाकर्मीलाई पनि खोप लगाउन शुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया