धरानमा कस्तो छ हड्तालको प्रभाव ? [तस्बिरसहित]
२०७७ माघ २२ गते
![धरानमा कस्तो छ हड्तालको प्रभाव ? [तस्बिरसहित]](https://www.makalukhabar.com/wp-content/uploads/2021/02/dharan-3-scaled.jpg)
धरान । नेकपा प्रचण्ड–नेपाल समूहले आह्वान गरेको आम हड्तालका कारण सुनसरीको जनजीवन पनि प्रभावित भएको छ । धरानमा बिहानैदेखि नेता तथा कार्यकर्ताहरु सडकमा उत्रिएर हड्ताललाई सफल बनाउन प्रदर्शन गरिरहेका छन् ।
छाता चौकस्थित बिच सडकमा आगो बालेर बन्द सफल पारौं भन्दै नारा नै लगाएका छन् । उनीहरुले फाटफुट रुपमा चल्दै गरेको सवारी साधनहरुको चालहरुलाई पनि हडताल सफल पार्न आग्रह गरेको देखिन्थ्यो ।
नेकपाका नगर सचिव सुर्दशन श्रेष्ठले मनपरी र निरङ्कुशता बढ्दै गएकाले त्यसलाई रोक्न आम हड्ताल गर्नुपरेको दाबी गरे । केपी शर्मा ओली समूहले एकलौटी रूपमा संवैधानिक निकायमा नियुक्ति गरेको विरोधमा हड्ताल गर्नु परेको श्रेष्ठको तर्क छ ।

- तस्बिर : भरतराज शर्मा (गोपाल)
२०७७ माघ २२ गते
प्रतिक्रिया
सम्बन्धित









