लिभरपुल ब्राइटनसँग स्तब्ध
२०७७ माघ २२ गते

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुल पराजित भएको छ । गएराती सम्पन्न खेलमा ब्राइटनले लिभरपुललाई १-० गोल अन्तरले पराजित गरेको छ ।
ब्राइटनका स्टिभन अल्जाटेले खेलको ५६औं मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
यो हारपछि लिभरपुललाई प्रिमियर लिगको उपाधी डिफेन्ड गर्ने अभियानमा ठुलो धक्का लागेको छ । लिभरपुलको २२ खेलमा ४० अंक रहेको छ र शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीको २१ खेलमा ४७ अंक रहेको छ । एक खेल कम खेलेको सिटी लिभरपुलभन्दा ७ अंकले अगाडी रहेको छ । त्यस्तै ब्राइटनको २२ खेलमा २४ अंक भएको छ र लिगमा १५औं स्थानमा उक्लिएको छ ।
प्रिमियर लिग अन्तर्गत गएराती नै भएको अर्को खेलमा म्यानचेस्टर सिटीले बर्नलीलाई २-० गोल अन्तरले पराजित गरेको थियो । सिटीको जितमा गाब्रियल जिसस र रहीम स्टरलिङले एक एक गोल गरेका थिए ।
२०७७ माघ २२ गते
प्रतिक्रिया
सम्बन्धित








