आमहडताल सफल पार्न प्रचण्ड माधव समुहको मसाल जुलुस

  • ध्रुवराज खनाल

चितवन विभिन्न संवैधानिक निकायमा प्रमुख र पदाधिकारी नियुक्ति पश्चात नेकपा प्रचण्ड माधव समूहले भोलि बिहिवारको आमहडताल सफल पार्न आज बुधबार सांझ चितवनमा मसाल जुलुस निकालेको छ ।

सो समुहले जिल्लाको नारायणगढ र रत्ननगरमा मसाल जुलुस निकालेको हो । नारायणगढमा निकालिएको मसाल जुलुसलाई प्रहरीले लखेटेको छ।

बनारायणगढ स्थित लायन्सचोकबाट निक्लेको मसाल जुलुसलाई प्रहरीले तितरवितर पार्दै अवरोध गरेको हो । पुल्चोकमा पुगेर कोणसभा गर्ने तयारी गरेको प्रचण्ड माधव समूको मसाल जुलुस शहिदचोकमै कोणसभामा परिणत भयो ।

शहिदचोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै नेकपा प्रचण्ड माधव समूहका युवा नेता ईश्वर सापकोटा सुमनले भोलीको आमहडताल सफल पार्न सवैलाई आग्रह गरे ।

यता जिल्लाको रत्ननगरमा पनि सांझ प्रचण्ड नेपाल समुहले आफ्नै पाटी अध्यक्ष एवं सरकारको नेतृत्व गरेका प्रधानमन्त्री केपि शर्मा ओलिको कदम विरुद्ध मसाल जुलुस निकालेको छ । बकुलहर देखि टांडी चोक सम्म मसाल जुलुस निकालिएको थियो । सो क्रममा टायर बालेर प्रदर्शन गर्नुका साथै सरकार विरुद्ध नाराबाजी समेत गरेका थिए ।

प्रतिक्रिया