अमेजनको सिईओबाट बाहिरिँदै बेजोस
२०७७ माघ २१ गते

काठमाडौं । अनलाइन बुकस्टोर अमेजनका संस्थापक जेफ बेजोसले कम्पनीको कार्यकारी प्रमुखको जिम्मेवारीबाट राजीनामा दिने भएका छन् । उनी सन् १९९५ देखि नै कम्पनीको कार्यकारी पदमा छन् । उनको बहिर्गमनपछि एण्डी जेस्सीले कार्यकारी पद सम्हाल्ने छन् ।
मंगलबार कम्पनीलाइ एक पत्र लेख्दै उनले भनेका छन् , ‘अमेजनको सीईओ हुनु भनेको एकदमै भारी उत्तरदायित्व लिनु र समय धेरै खर्चिनु हो । जब तपाईको काँधमा यस्तो किसिमको जिम्मेवारी आइपर्छ, तब अरु कुरामा ध्यान दिन सम्भव नै हुन्न ।’
बेजोसले उक्त कम्पनी ३० वर्षअघि आफ्नो ग्यारेजबाट सुरु गरेका थिए ।(एजेन्सीहरुको सहयोगमा)
२०७७ माघ २१ गते
प्रतिक्रिया
सम्बन्धित








