अमेजनको सिईओबाट बाहिरिँदै बेजोस

काठमाडौं । अनलाइन बुकस्टोर अमेजनका संस्थापक जेफ बेजोसले कम्पनीको कार्यकारी प्रमुखको जिम्मेवारीबाट राजीनामा दिने भएका छन् । उनी सन् १९९५ देखि नै कम्पनीको कार्यकारी पदमा छन् । उनको बहिर्गमनपछि एण्डी जेस्सीले कार्यकारी पद सम्हाल्ने छन् ।

मंगलबार कम्पनीलाइ एक पत्र लेख्दै उनले भनेका छन् , ‘अमेजनको सीईओ हुनु भनेको एकदमै भारी उत्तरदायित्व लिनु र समय धेरै खर्चिनु हो । जब तपाईको काँधमा यस्तो किसिमको जिम्मेवारी आइपर्छ, तब अरु कुरामा ध्यान दिन सम्भव नै हुन्न ।’

बेजोसले उक्त कम्पनी ३० वर्षअघि आफ्नो ग्यारेजबाट सुरु गरेका थिए ।(एजेन्सीहरुको सहयोगमा)

प्रतिक्रिया