आकस्मिक पत्रकार सम्मेलन गर्दै दाहाल–नेपाल समूह

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेकपाले आकस्मिक पत्रकार सम्मेलन गर्ने भएको छ । सम्मेलन बुधबार दिउँसो २ बजे जनसंगठनको कार्यालय, पेरिसडाँडामा गर्ने समूहकी नेतृ अष्टलक्ष्मी शाक्यले मकालु खबरलाई जानकारी दिइन् ।

नेतृ शाक्यकी अनुसार पत्रकार सम्मेलनमार्फत् संवैधानिक निकायका पदाधिकारीहरुको शपथबारे असन्तुष्ट जाहेर गरिनेछ । ‘पत्रकार सम्मेलमार्फत् हामीले संवैधानिक निकायका पदाधिकारीहरुको शपथबारे कुरा गर्नेछौँ’, नेतृ शाक्यले भनिन्, ‘त्योसँगै संघर्षकै क्रममा रहेको विरोध कार्यक्रमलाई थप सशक्त बनाउनेबारेमा पनि जानकारी दिनेछौँ ।’

संवैधानिक आयोगहरूमा सिफारिस भएका पदाधिकारीहरुको संसदीय सुनुवाइबिना नै बुधबार बिहान पद तथा गोपनीयताको शपथ ग्रहण गराइएको छ । सरकारले गत ३० मंसिरमा अध्यादेश ल्याएर संवैधानिक आयोगहरूमा रिक्त रहेका पदमा सिफारिस गरेको थियो ।

संवैधानिक परिषद्ले गरेको सिफारिसमा संसदीय सुनुवाइ गर्नुपर्ने संवैधानिक प्रावधान छ । पत्रकार सम्मेलनअगाडि यो समूहको संघर्ष समितिको बैठक बस्दैछ । बैठकलगत्तै पत्रकार सम्मेलन हुने नेताहरुले बताएका छन् ।

यो पनि:–
संवैधानिक निकायका पदाधिकारीले लिए सपथ
दाहाल–नेपाल समूह संघर्ष समितिको आपत्कालीन बैठक बस्दै
सपथ समारोहमा गएनन् उपराष्ट्रपति र सभामुख
संवैधानिक निकायका पदाधिकारीहरुको शपथ– ‘निरङ्कुशताको अभ्यास’

प्रतिक्रिया