रोनाल्डोको दुई गोलमा युभेन्टसको जित
२०७७ माघ २१ गते

काठमाडौँ । कोपा इटालियाको सेमिफाइनलको पहिलो लिगमा युभेन्टस विजयी भएको छ । गएराती सम्पन्न खेलमा युभेन्टसले इन्टर मिलानलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डोले दुवै गोल गरेका थिए । रोनाल्डोले खेलको २६औ र ३५औ मिनेटमा गोल गरेका थिए । यसअघि खेलको नवौं मिनेटमा इन्टर मिलानका लागि लाउतारो मार्टीनजले गोल गर्दै इन्टरलाई सुरुवाती अग्रता दिलाएका थिए ।
योजितपछि युभेन्टसले सेमिफाइनलको पहिलो लिगमा २-१ को अग्रता बनाएको छ । अब सेमिफाइनलको दोस्रो लिग फेब्रुअरी १० मा हुने छ ।
२०७७ माघ २१ गते
प्रतिक्रिया
सम्बन्धित








