यस्तो छ आजको पञ्चाङ्ग र राशिफल [भिडियोसहित]

पञ्चाङ्ग
वि.सं.२०७७ साल माघ २१ गते । बुधबार । ईश्वी सन् २०२१ फेब्रुवरी ०३ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । माघ कृष्णपक्ष । तिथि–षष्ठी,२२ घडी ५७ पला,बेलुकी ०४ बजेर ०३ मिनेट उप्रान्त सप्तमी । नक्षत्र–चित्रा,४० घडी ३० पला,बेलुकी ११ बजेर ०४ मिनेट उप्रान्त स्वाती । योग–शूल,५० घडी २९ पला,रातको ०३ बजेर ०३ मिनेट उप्रान्त गंड । करण–वणिज,बेलुकी ०४ बजेर ०३ मिनेट उप्रान्त भद्रा,रातको ०२ बजेर ५३ मिनेट उप्रान्त बव । आनन्दादिमा–काल योग । चन्द्रराशि–कन्या,बिहान ११ बजेर ५२ मिनेट उप्रान्त तुला । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५१ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ४४ मिनेट । दिनमान २७ घडी १३ पला ।

बार बेला ।
बिहान ०६ बजेर ५२ मिनेटसम्म लाभ बेला ।
बिहान ६ बजेर ५३ मिनेटदेखी बिहान ८ बजेर १३ मिनेटसम्म अमृत बेला ।
बिहान ८ बजेर १४ मिनेटदेखी बिहान ९ बजेर ३५ मिनेटसम्म काल बेला ।
बिहान ०९ बजेर ३६ मिनेटदेखी बिहान १० बजेर ५७ मिनेटसम्म शुभ बेला ।
बिहान १० बजेर ५८ मिनेटदेखी मध्यान्ह १२ बजेर १८ मिनेटसम्म रोग बेला ।
मध्यान्ह १२ बजेर १९ मिनेटदेखी दिउसो १ बजेर ४० मिनेटसम्म उद्वेग बेला ।
दिउसो १ बजेर ४१ मिनेटदेखी दिउसो ३ बजेर ०२ मिनेटसम्म चर बेला ।
दिउसो ३ बजेर ०३ मिनेटदेखी बेलुकी ४ बजेर २३ मिनेटसम्म लाभ बेला ।
बेलुकी ४ बजेर २४ मिनेटदेखी बेलुकी ७ बजेर २३ मिनेटसम्म उद्वेग बेला ।
नोटःशुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृतबेलाको समय पार्नुहोला ।

राहुकाल
दिउसो १२ बजेर १८ मिनेटदेखी दिउसो ०१ बजेर ३९ मिनेटसम्म रहनेछ ।

राशिफल
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) दाम्पत्य सम्बन्ध र माया प्रेममा बृद्धि हुनेछ । घरपरिवारका सदस्य र साथीभाइसँग मतभिन्नता भएपनि अन्त्यमा उनीहरू सकारात्मक देखिने छन् । बालबच्चाबाट सुखसन्तोष प्राप्त हुनेछ । छोटो दुरिको रमणीय र सुखद यात्राको योग छ । जीवनसाथी वा विपरित लिङगको सल्लाहमा गरिएको काममा सफलता प्राप्त हुनेछ । व्यापार व्यावासय अन्य दिन भन्दा फस्टाएर जानेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) बिहानको समय राम्रो रहेकोले पढाइ लेखाइमा राम्रो अंक ल्याई नतिजा हात पार्न सकिनेछ । उपाहार तथा भौतिक सम्पती हात लागी हुने योग रहेकोछ । मध्यान्हबाट कुनै मुद्दा मामिलामा सहभागी नहुनु होला न्यायिक निर्णयहरु आज तपाईँको पक्षमा नहुन सक्छ । आफन्त तथा मामा मावली पक्षसँग मनमुटब बढ्ने योग रहेकोछ । खानपानमा ध्यान नदिए स्वास्थ्य सम्बन्धी समस्या देखा पर्न सक्छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) बिहानको समय मध्ययम रहेकोले कार्यक्षेत्रमा आलोचना गर्नेहरु बढ्नेछन् । निर्णय लिएर शंका गर्ने बानिले समस्या निम्त्याउनेछ । अनावस्यक तथा दुर्गम स्थानको कष्टकर यात्रा हुनेछ । मध्यान्हबाट समय राम्रो रहेकोले चिताएको काममा सोचेजस्तै सफलता हात पार्न सकिनेछ । काम तथा अध्ययनमा दिन व्यास्त रहने तथा बौद्धिक क्षेत्र फराकिलो हुनेछ । प्रणय सम्बन्ध सुदृड हुनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) बिहानको समय राम्रो रहेकोले पराक्रम बढेर जाने हुँनाले शाहशिलो काम गर्ने जागर आउनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुनाले अरुभन्दा अग्र पंत्तिमा तपाईँकै नाम आउनेछ । माया प्रेममा रमाउने चाहनेहरुका लागी समय उत्तम रहेकोछ । मध्यान्हबाट समय मध्ययम रहेकोले सामाजिक काममा समय बित्ने भएपनि तपाईको डाहा गर्नेहरुले जनतामाझ अनावस्यक भ्रम तथा गलत म्यासेज लाने हुनाले आलोचनाको शिकार होईनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) बिहानको समय राम्रो रहेकोले सानो लगानीबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । पारिवारिक माहोलमा जमघट भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । अध्ययनमा मन जाने तथा भनेजस्तो नतिजा ल्याउन सकिनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले यात्रा गर्दा ध्यान दिनुहोला कष्टकर नहोला भन्न सकिन्न । आफन्त तथा दाजुभाई सँग मनमुटाब सिर्जना हुनेछ । प्रेममा अबिस्वास बढ्ने योग रहेकोछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) परिवारमा मांगलिक कार्य वा कुनै धार्मिक,सामाजिक कार्य सम्पन्न हुनेछ । विशिष्ट व्यक्तिले तपाईंको विचारको कदर गर्नेछन् । स्वास्थ्यस्थिति सन्तोषजनक रहने छ भने पुराना समस्या हल भएर जानेछ । प्रविधिको प्रयोग गरि अध्ययनलाई निरन्तरता दिन सकिनेछ । आभूषण, श्रृङ्गार, साजसज्जा, फेसनडिजाइन र सञ्चार क्षेत्रका व्यवसायीले राम्रो लाभ प्राप्त गर्नेछन् । बिहानको समय मध्ययम रहेकोले व्यापार व्यावसायमा सामान्य मन्दि आउनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) राम्रा तथा सामाजिक काम गरी अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ । सानो प्रयत्नले ठुलो काम बन्ने हुँदा आर्थिक रुपमा सबल होईनेछ । थोरै स्रोत साधन प्रयोग गरि असिमित आवस्यक्ताहरु पुरा गर्न सकिनेछ । प्रेम प्रशङमा रमाउन चाहानेहरुका लागी दिनले साथ दिने हुँदा मिठा मिठा कुरा गरी समय व्यातित गर्न सकिनेछ । पढाइमा प्रगती हुने तथा नतिजा तपाई आफ्नै पोल्टोमा पर्नेछ । बिहानको समयमा लामो दुरिको यात्राको प्रशस्त सम्भावना रहेकोछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) बिहानको समय राम्रो रहेकोले आम्दानिका नयाँ नयाँ स्रोतहरु फेला पर्ने तथा व्यापार व्यावसाय फस्टाएर जानेछ । सरकारी धन सम्पति तथा पैत्रिक सम्पती हात लागी हुने योग रहेकोछ । माया प्रेमको डोरो कसिलो हुनेको साथै ईच्छित मनोकामनाहरु पुरा हुनेछन् । मध्यान्हबाट समय मध्ययम रहेकोले घर परिवार तथा छिमेकमा अनाबस्यक बिवादमा परिनेछ । काम गर्दा ध्यान दिनुहोला दण्ड तथा जरिवाना तिर्नु पर्ला । तरपनि बैदेशिक क्षेत्रसँग सम्बन्धीत काम फस्टाएर जानेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) नयाँ काम गरेर आम्दानिका स्रोतहरु बढाउन सकिनेछ । व्यापार व्यापारमा लगानी गरी आम्दानिका स्रोत बढाउन सकिनेछ । आर्थिक विषय बस्तुसँग सम्बन्धीत पुस्तकहरुको अध्ययन गरि वौद्धिक क्षेत्र फराकिलो बनाउन सकिनेछ । बिभिन्न अवसरहरुले पछ्याउने हुँदा राम्रा तथा देखिने काम काम गर्न सकिनेछ । सरकारी धन तथा पैत्रिक सम्पती हात लागि हुने प्रसस्त सम्भावना रहेको छ । प्रेम प्रशङगमा रमाउन चाहनेहरुका लागी दिन राम्रो रहेकोछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) बिहानको समय राम्रो रहेकोले अध्ययनमा प्रगती गर्न सकिनेछ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । मध्यान्हबाट आफ्नो भन्दापनि अरुकै कामको लागी दिनभर व्यस्त रहदा आफ्नो काम थाती रहनेछ । नोकरिमा अप्ठ्यारो परिस्थितिको सामना गर्नुपर्नेछ भने सहयोग गर्ने कमै भेटिनेछन् । पहिले निर्णय भैसकेका मुद्दाहरु आईलाग्ने हुँदा मानशिक तनाब बढ्नेछ । सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउने हुनाले दैनिक कामकाज गर्न गाह्रो हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) समाज सेवा तथा कल्याणकारी काममा दिन बित्ने योग रहेकोछ । काम बन्नाले दिन उत्साहबर्धक रहनेछ । राजनीति तथा सरकारी काममा सफल भई नाम कमाउन सकिनेछ । धर्ममा मन जाने हुनाले धार्मिक स्थल तथा मन्दिर तिरको यात्रा गरि टिका तथा प्रसाद ग्रहण गर्ने अवसर जुर्नेछ । अध्ययन तथा लेखन क्षेत्रका समय लगानी गरी आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ । बिहानको समय मध्ययम रहेकोले भौतिक सम्पतीको प्रयोग गर्दा ध्यान दिनुहोला ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) कामहरु समयमा नसकिने तथा अरुबाट बाधा व्यावधान हुने हुनाले मानशिक तनाब बढ्नेछ । यात्रा गर्दा तथा सवारी चलाउदा ध्यान दिनुहोला दुर्घटना नहोला भन्न सकिन्न । मनोबल कमजोर हुने हुनाले काम गर्न जोस जागर हराएर जानेछ । पढाइ लेखाइ तपाईँ आफ्नै कारणले बिग्रने हुँदा अरुभन्दा पछि परिनेछ । चेलि माईती बीचको सम्बन्धमा दुरी केहि बडेजस्तो हुनेछ ।

तपार्ईँको दिन शुभ रहोस् ।

  • ज्यो.डिपी उपाध्याय ।

प्रतिक्रिया