तीन दिन सार्वजनिक बिदा

काभ्रे ।काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

तामाङ समुदायको सांस्कृतिक पर्व ‘सोनाम ल्होसार’को अवसरमा नगरपालिकाले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । आगामी माघ २८, २९ र ३० गते गाउँपालिकाअन्तर्गत सम्पूर्ण कार्यालय र शैक्षिक संस्थासमेत बिदा दिने निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।

सोमबार बसेको नगर कार्यपालिकाको बैठकले २८५७औँं सोनाम ल्होसारको अवसरमा नगरपालिका कार्यालय र त्यसअन्तर्गतका सरकारी कार्यालयमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

यस्तै तेमाल गाउँपालिकामा पनि ल्होसारको तीन दिन नै सार्वजनिक बिदा दिने निर्णय भईसकेको छ ।

प्रतिक्रिया