महिला लिगमा आज वालिङ र चन्द्रपुर खेल्दै

काठमाडौँ । राष्ट्रिय महिला लिग फुटबलमा आज एक खेल हुँदैछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा वालिङ नगरपालिका र चन्द्रपुर नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ ।

खेल एन्फा कम्प्लेक्समा दिउँसो २ बजे हुनेछ । दुवै टोली दोस्रो जितको खोजीमा हुनेछन् । अहिलेसम्म पाँच खेल खेलेका दुवै टिमले अहिलेसम्म एक-एक खेलमात्रै जितेका छन् ।

प्रतिक्रिया