केपी ओलीले ०१७ साल ल्याउने खतरा : चित्रबहादुर केसी
२०७७ माघ २० गते

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रतिनिधिसभा विघटन मध्यावधि चुनाव गराउनका निम्ति नभएको बताएका छन् । राष्ट्रिय जनमोर्चाले सोमबार आयोजना गरेको प्रतिनिधिसभा विघटन र प्रतिगमनको खतरा विषयक अन्तरक्रिया कार्यक्रममा केसीले सो कुरा बताएका हुन् ।
चुनाव गराउने समय नै नभएको भन्दै उनले चुनाव गराउन नसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले संकटकाल घोषणा गरेर ०१७ साल ल्याउने खतरा रहेको दाबी गरे । नेपालमा स्थिर सरकार र पार्टीहरू नैतिकवान भए भने विदेशी शक्तिकेन्द्रहरूले हस्तक्षेप गर्न नसक्ने उनको भनाइ छ ।
२०७७ माघ २० गते
प्रतिक्रिया
सम्बन्धित








