यस्तो छ आजको पञ्चाङ्ग र राशिफल [भिडियोसहित]

पञ्चाङ्ग
वि.सं.२०७७ साल माघ २० गते । मंगलबार । ईश्वी सन् २०२१ फेब्रुवरी ०२ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । माघ कृष्णपक्ष । तिथि–पञ्चमी,२८ घडी २७ पला,बेलुकी ०६ बजेर १५ मिनेट उप्रान्त षष्ठी । नक्षत्र–हस्त,४४ घडी २३ पला,रातको १२ बजेर ३७ मिनेट उप्रान्त चित्रा । योग–सुकर्मा,०५ घडी ३२ पला,बिहान ०९ बजेर ०५ मिनेट उप्रान्त धृति । करण–कौलव,बिहान ०७ बजेर १७ मिनेट उप्रान्त तैतिल,बेलुकी ०६ बजेर १५ मिनेट उप्रान्त गर । आनन्दादिमा–सौम्य योग । चन्द्रराशि–कन्या । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५२ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ४४ मिनेट । दिनमान २७ घडी ०९ पला । विश्व शिमसार दिवस ।

बार बेला ।
बिहान ०६ बजेर ५२ मिनेटसम्म रोग बेला ।
बिहान ६ बजेर ५३ मिनेटदेखी बिहान ८ बजेर १४ मिनेटसम्म उद्वेग बेला ।
बिहान ८ बजेर १५ मिनेटदेखी बिहान ९ बजेर ३५ मिनेटसम्म चर बेला ।
बिहान ०९ बजेर ३६ मिनेटदेखी बिहान १० बजेर ५७ मिनेटसम्म लाभ बेला ।
बिहान १० बजेर ५८ मिनेटदेखी मध्यान्ह १२ बजेर १८ मिनेटसम्म अमृत बेला ।
मध्यान्ह १२ बजेर १९ मिनेटदेखी दिउसो १ बजेर ४० मिनेटसम्म काल बेला ।
दिउसो १ बजेर ४१ मिनेटदेखी दिउसो ३ बजेर ०१ मिनेटसम्म शुभ बेला ।
दिउसो ३ बजेर ०२ मिनेटदेखी बेलुकी ४ बजेर २३ मिनेटसम्म रोग बेला ।
बेलुकी ४ बजेर २४ मिनेटदेखी बेलुकी ७ बजेर २३ मिनेटसम्म काल बेला ।
नोटःशुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृतबेलाको समय पार्नुहोला ।

राहुकाल
दिउसो ०३ बजेर १ मिनेटदेखी बेलुकी ०४ बजेर २२ मिनेटसम्म रहनेछ ।

राशिफल
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) नोकरी तथा राजनीतिमा गरिने प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउदै चाहेको गन्तव्यमा पुग्न सकिनेछ । पढाइ लेखाइमा एक कदम अगाडी बढि उत्कृष्ट नतिजा ल्याउन सकिनेछ । पुराना स्वास्थ्य सम्बन्धी समस्या हल भएर जानेछ भने थाति रहेका कामहरुलाई गती दिन सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरु एक अर्कालाई बिस्वास गरी अगाडी बढ्न सक्नेछन् ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) पढाइ लेखाइमा मन जानेछ भने खोज तथा अनुशन्धानको क्षेत्रमा भनेजस्तो नतिजा निकाल्न सकिनेछ । बित्तिय क्षेत्रमा गरिएको लगानीबाट भनेजस्तो आम्दानी हुनेछ । बौद्धिक तथा प्राज्ञिक सभा समारोहमा सहभागी भई गतिलो प्रश्तुति दिने अवसर जुर्नेछ भने आफन्त तथा गुरुवर्गहरु खुशि हुनेछन् । आकश्मिक धन तथा मानव निर्मित र्भातिक सम्पती लाभ हुने योग रहेकोछ । नयाँ ठाउँबाट प्रेम प्रश्ताव आउने तथा आफ्नो मायालुलाई आफ्नै आखा अगाडी देख्न पाउदा मन प्रशन्न हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) प्रत्येक काममा बाधाअडचन आउने तथा ढिलो गरी कार्यसम्पादन हुनेछ । आफूले भनेको कुरालाई विपरीत अर्थ लगाई आलोचना गर्न सक्छन् । मित्र वा नातेदारले अपमानित तुल्याउन सक्छन् ध्यान दिनुहोला । सामाजिक र परोपकारको क्षेत्रमा काम गर्न खोज्दा अवरोध हुनेछ । प्रतिष्ठा प्राप्तिका लागी संघर्ष गर्नुपर्छ । स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला । छोटो दूरीको निरर्थक यात्रा हुने योग छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) राजनीतिक र सामाजिक प्रतिष्ठा कायम राख्न सकिने हुनाले मान सम्मानमा वृद्धि हुनेछ । बन्धुबान्धव र दाजुभाइको सहयोग लिएर राम्रा तथा उत्पादनमूखि काम गर्न सकिनेछ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । वैदेशिक सामानको व्यापार, कृषिव्यवसाय र नोकरी गर्नेका लागी सन्तोषजनक समय रहनेछ । आफ्नो भन्दापनि अरुको भलाइका लागि दौडधूप गर्नु पर्नेछ । छोटो दुरिको यात्राको प्रशस्त सम्भावना रहेकोछ छ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) आफन्त तथा कुटुम्बसँग मिलेर गरिने कुनै पनि व्यावसायबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ । माया प्रेमको डोरो कसिलो हुनुको साथै घर परिवारमा सबैसँग सौहार्दपूर्ण सम्बन्ध हुनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा तपाईको बलियो पकड रहने हुनाले मन प्रशन्न रहनेछ । मांगलिक तथा सभा समारोहमा सहभागी भई स्वादिष्ट भोजनका साथ दिन कटाउन सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) सामाजिक काम गर्दा ध्यान दिनुहोला समयमा काम नसकिने तथा मान सम्मान तथा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ । पढन पाढनमा ध्यान जाने छैन भने बिभिन्न अवसर आएपनि निर्णय क्षमताको अभावले अरुभन्दा पछि परिनेछ । व्यापार व्यावसाय खस्केर जाने हुनाले आम्दानिका स्रोतहरु साघुरिनेछन् । माया प्रेममा धोका तथा घरपरिवारमा आफन्तसँग घरायसि कुरामा राय बाजिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) समय मध्ययम रहेकोले सानातिना सरसामान हराउन सक्ने वा चोरी हुने योग रहेकोछ । रकमको कारोबार र लेनदेनमा विवाद आउने सम्भावना छ । ठुलो योजनहरु केही समयको लागी थाती राख्नुनै उचित हुनेछ । काम वा अध्ययनको सवालमा विदेशी भूमिमा हुनुहुन्छ भने समयले साथ दिनेछ । दूरदराजबाट प्रसन्नता र खुसीको समाचार आउन सक्छ । परोपकारका क्षेत्रमा काम गर्न मन लाग्नेछ भने खर्च पनि बढ्ने योग रहेकोछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) पैत्रिक सम्पती तथा सरकारी धन हातलागि हुने योग रहेकोछ । आम्दानिका स्रोतहरु फराकिला हुनुको साथै आयस्रोतका नयाँ बाटाहरु फेला पार्न सकिनेछ । बिद्या तथा प्रतिस्पर्धामा तपाईँको नाम अग्र पंतिमा आउनेछ । घर परिवार तथा आफन्त बीचको सम्बन्धमा सुमधुरता बढेर जानेछ । खनिज पदार्थ तथा प्राकृतिक स्रोत साधनको कारोबारबाट प्रशस्त आम्दानि हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) व्यापार व्यावसायमा लगानी गरी आम्दानी गर्न सकिनेछ । बिवादित बिषयहरु ह्ल भएर जाने तथा पुराना समस्याअरु केही भए थोरै समय दिएर फत्ते गर्न सकिनेछ । नयाँ काम पाउने तथा नोकरिमा बढुवा हुने योग रहेकोछ । समाजिक काम गर्ने वाताबरण बन्ने तथा मानसम्मान,ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । अध्ययन अध्यापनमा मन जानेछ भने माया प्रेममा प्रिय पात्रसँग नजिक हुन पाउदा मन प्रशन्न हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) धार्मिक अनुष्ठान तथा परोपकारजन्य क्रियाकलापमा समय बित्नेछ भने छोटो दुरिको यात्राको तय गर्न सकिनेछ । शुुभ तथा माङ्गलिक कार्यमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । आत्मविश्वास र हिम्मतका साथ अघि बढेमा भाग्यभावमा रहेको चन्द्रमाले साथ दिनेछ । काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने समयले साथ दिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) घर परिवार बिषेश गरी दिदी बहिनी हरुसँगको सम्बन्धमा आउने वैचारिक द्वन्द्धले उतारचडाव ल्याउनेछ । अरुकै काममा समय बित्ने हुँदा पढाइ लेखाइ प्रभावित हुनेछ । व्यापार व्यावसाय खस्कनेछ भने स्वास्थ्य कमजोर रहनेछ । ऋण,रोग तथा सत्रुको सामना गर्नुपर्दा दैनिक कामहरु प्रभावित हुनेछन् । प्रेम सम्बन्धमा मनमुटावको अवस्था सिर्जना हुनेछ । तरपनि अनुसन्धान तथा अध्ययनमा लाग्नेहरुका लागि समय उत्तम रहेकोछ । मनमा धार्मिक प्रविति जागृत हुनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) व्यावसायिक यात्रा हुने भएपनि गन्तब्यमा पुग्नु अगिनै बिभिन्न कारणले यात्रा स्थगित गर्नुपर्ने हुन सक्छ । आफन्त तथा परिवारमा कामको तालमेल नमिल्दा मनमुटाव हुनेछ भने कस्ले के गर्ने भन्ने बिवाद सिर्जना हुनेछ । खानपान तथा वातावरणको ध्यान नदिय स्वास्थ्य सम्बन्धी समस्याले सताउने देखिन्छ । भौतिक साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । व्यावसायमा साझेदारहरु बीच फाटो हुन सक्छ ध्यान दिनुहोला ।

तपार्ईँको दिन शुभ रहोस् ।

  • ज्यो.डिपी उपाध्याय ।

प्रतिक्रिया