पिन्चेस् आर्टकोर चौथो बर्षमा प्रवेश

काठमाडाैं । विभिन्न कस्टुमाइज्ड उत्पादनहरु गर्दै आएको पिन्चेस् आर्टकोर चौथो बर्षमा प्रवेश गरेको छ । उपत्यकामा सेवा दिँदै आएको कस्टुमाइज्ड आउटलेट, पिन्चेस् आर्टकोरले तेस्रो वर्ष सफलतापूर्वक पुरा भएको जनाएको छ । तेस्रो वार्षिकोत्सवमा आफ्ना सम्पूर्ण उत्पादनहरुमा १० प्रतिशत छुट प्रदान गरेको थियो ।

पिन्चेस् आर्टकोरले विभिन्न कस्टुमाइज्ड उत्पादनहरु कुसन, कीरिङ कोस्टर, ब्राइड रोब, मग, ट्यूम्बलर, मोबाइल कभर, मोबाइलग्रीप, नोटबुक, स्यास्, क्याउन नेम स्ट्यान्डी, बक्स केरिङ। बक्स लकेट, माउस प्याड, फोटो प्रप्, बुकमार्क लगायतमा आर्ट गरेर बिक्री वितरण गर्दै आइरहेको छ ।

पिन्चेस् आर्टकोरले सन् २०१८, फेब्रअरी १ तारिखबाट बत्तिसपुतलीमा आउटलेट खोलेर ग्राहकहरुलाई सेवा सुरु गरेको थियो ।

प्रतिक्रिया