हामी सबै प्रकारका ‘कू’विरुद्ध छौँ [भिडिओसहित]

काठमाडौं । नेपाली कांग्रेसले म्यानमारमा घटेको घटनाको विश्वव्यापी रुपमा विरोध गर्नुपर्ने बताएको छ । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले म्यानमारको सैनिक ‘कू’लाई गम्भीरताका साथ लिनुपर्ने बताउँदै विश्वव्यापी रुपमा विरोध गर्नुपर्ने पनि बताएका हुन् ।

चुनावताका उठेका प्रश्नहरुलाई लोकतान्त्रिक विधिबाट सम्बोधन गर्न सकिने बाटो प्रशस्तै भएको बताउँदै प्रवक्ता शर्माले भनेका छन्, ‘यसको साझा ऐक्यबद्धताका साथ प्रश्न उठाउनुपर्नेछ । चुनावको समयमा जे–जस्ता प्रश्नहरु उठे । ति प्रश्नहलाई निरुपण गर्ने भनेको निश्चत विधि अनि प्रक्रियाले हो । निर्वाचनमा कुनै पनि प्रकारको धाँधली भएको छ वा कुनै पनि प्रकारको अनियमितता भएको छ भने त्यसलाई निश्चित संवैधानिक राजनीतिक प्रक्रियबाट खोज्नुपर्छ ।’

सैन्य नेतृत्व, निर्वाचित शासक वा अन्य कसैले पनि लोकतन्त्रलाई निमाठ्ने काम गर्न नहुने बताउँदै प्रवक्ता शर्माले भनेका छन्, ‘लोकतान्त्रिक प्रक्रियालाई कसैले पनि विस्थापित गर्न सक्दैन । नेपालमा ऊबेलामा भएको राजनीतिक कू होस् वा म्यानमारको भर्खरै भएको कू होस् अथवा प्रधानमन्त्री केपी ओलीले ५ पुसमा प्रतिनिधि सभा विघटन गरेर गरेको कू होस् । हामी सबै प्रकारको कूको विरुद्धमा छौँ ।’

म्यानमारमा अहिले सेनाले शासनसत्ता आफ्नो हातमा लिएको छ भने एक वर्षसम्मको लागि संकटकाल घोषणा गरिएको छ । राष्ट्रपति विन मिन्ट, नेतृ आङसाङ सूचीसहितलाई नियन्त्रणमा लिइएको छ ।

प्रतिक्रिया