को हुन् आङ सान सू ची ?

काठमाडौँ । आङ सान सू ची म्यान्मारका स्वतन्त्रता सेनानी आङ सानकी छोरी हुन् । उनी अहिले ७५ वर्षकी भइन् ।

सन् १९४८ मा म्यान्मारले औपनिवेशिक ब्रिटिश शासनबाट मुक्ति पाउनु केही समयअघि जेनरल आङ सानको हत्या भएको थियो । त्यतिबेला सू ची दुई वर्षकी थिइन् । सू चीलाई कुनै बेला मानवाधिकारकी प्रतिमूर्ति मानिन्थ्यो । उनले सैन्य शासनविरुद्ध धेरै लामो समय सङ्घर्ष गरेकी थिइन् ।

सन् १९९१ मा नोबेल शान्ति पुरस्कार पाउँदा उनी घरमै नजरबन्द थिइन् । उनी सन् १९८९ देखि २०१० सम्म झन्डै १५ वर्ष सेनाको नियन्त्रणमा बस्न बाध्य थिइन् । नोभेम्बर २०१५ मा उनको नेतृत्वमा न्याश्नल लीग फर डेमोक्रेसी (एनएलडी) ले निर्वाचनमा ठूलो बहुमत प्राप्त गर्‍यो । म्यान्मारमा २५ वर्षपछि स्वतन्त्र निर्वाचन भएको थियो ।

विदेशी नागरिकसँग विवाह गरेर जन्मिएका सन्तान पनि विदेशी नागरिक नै भएकाले म्यान्मारको संविधानले उनलाई देशको राष्ट्रपति बन्न रोक्छ । तर सत्तारूढ दल र सरकारमा उनकै नेतृत्व भएको देखिन्थ्यो ।

तर म्यान्मारको काउन्सलर पद ग्रहण परेपछि अल्पसङ्ख्यक रोहिन्ज्या मुस्लिमसँग गरिएको व्यवहारका कारण उनको चर्को आलोचना भयो । सन् २०१७ मा सेनाले दमन गर्न थालेपछि हजारौँ रोहिन्ज्याहरू म्यान्मार छोडेर छिमेकी बाङ्ग्लादेशमा शरण लिन गएका थिए । सेनाको अत्याचार रोक्न उनले केही नगरेको भनेर सू चीको आलोचना भएको थियो ।-बीबीसी

प्रतिक्रिया