कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । केहीबेरअघि सम्पन्न बोर्ड बैठकको निर्णयपछि नतिजा सार्वजनिक गरिएको हो ।

वैशाख/जेठमा नै लिइने कक्षा १२ को परीक्षा काेभिड-१९ महामारीका कारण मंसिरमा मात्रै सञ्चालन गरिएको थियो  । यसवर्ष ४ लाख ३२ हजार ५ सय परीक्षार्थी सहभागी थिए । नतिजापछि विद्यार्थीलाई बोर्डले नै ग्रेडसिटलगायतको प्रमाणपत्र दिनेछ  ।

नतिजा राष्ट्रिय परीक्षा बोर्ड (https://www.neb.gov.np/results) र नेपाल टेलिकमको (https://ntc.net.np) वेबसाइटमा हेर्न सकिनेछ ।

प्रतिक्रिया