कक्षा १२ को नतिजा आज प्रकाशित हुँदै

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गर्दैछ । कोभिड-१९ का कारण ढिला लिइएको कक्षा १२ को परीक्षाको नतिजा आज सार्वजनिक हुन लागेको हो ।

त्यसका लागि अहिले परीक्षा बोर्डको बैठक बसिरहेको छ । प्राविधिक तथा अन्य समस्या नदेखिए नतिजा आजै सार्वजनिक हुने बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले जानकारी दिए ।

कोभिड-१९ को महामारीको असरपछि यो वर्ष कक्षा १२ मा ४० प्रतिशत पूर्णाङ्कको मात्र परीक्षा लिइएको थियो । यसमा ४० प्रतिशत मूल्याङ्कन कक्षा ११ को नतिजाको आधारमा र २० प्रतिशत आन्तरिक मूल्याङ्कन गरिएको छ ।

प्रतिक्रिया