बख्तरबन्द गाडीसहित चक्रपथ घुम्दै नेपाली सेना

काठमाडौं । नेपाली सेनाले सोमबार (माघ १९ गते) राती बख्तरबन्द गाडीहरुसहित चक्रपथ परिक्रमा गर्ने भएको छ । नियमित अभ्यास योजनाअनुसार सो अभ्यास गर्न लागिएको नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलले जानकारी दिए ।

यस्तै बुधबार (माघ २१ गते) देशभरका ८ वटै पृतना अन्तर्गतका मेकनाईजड युनिटहरुबाट विभिन्न ठाउँमा बख्तरबन्द गाडीहरुको अभ्यास गर्ने योजना रहेको प्रवक्ता पौडेलले बताएका छन् ।

प्रतिक्रिया