म्यानचेस्टर युनाइटेड र आर्सनल बराबरीमा रोकिए, सिटीले अग्रता बढायो

काठमाडौँ । इंग्लिस प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले आफ्नो अग्रता बढाएको छ । गएराती सम्पन्न खेलमा सिटीले शेफिल्ड युनाइटेडलाई १-० गोल अन्तरले पराजित गर्दै जित हासिल गरेपछि लिगमा अग्रता बढाएको हो ।

सिटीको जितमा खेलको नवौ मिनेटमा गाब्रियल जिससले गोल गरेका थिए । गएराती नै सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड र आर्सनल गोलरहित बराबरीमा रोकिएपछि सिटीको अग्रता ३ अंकले बढेको हो ।

युनाइटेडभन्दा एक खेल कम खेलको सिटीको २० खेलमा ४४ अंक छ भने २१ खेल खेलेको युनाइटेडको २१ खेलमा ४१ अंक रहेको छ । त्यस्तै आर्सनलको भने २१ खेलमा ३१ अंक रहेको छ र लिगमा नवौं स्थानमा छ ।

शनिबारका अन्य खेलमा एस्टन भिल्लाले साउथह्याम्पटनलाई १-०, क्रिस्टल प्यालेसले उल्भ्सलाई १-० र न्युकासल युनाइटेडले एभरटनलाई २-० ले हरायो । यस्तै वेस्ट ब्रुम र फुलहमले २-२ को बराबरी खेले ।

प्रतिक्रिया