यस्तो छ आजको पञ्चाङ्ग र राशिफल [भिडियोसहित]
![यस्तो छ आजको पञ्चाङ्ग र राशिफल [भिडियोसहित]](https://www.makalukhabar.com/wp-content/uploads/2021/01/banner-Raashifal_makalukhabar.png)
आजको पञ्चाङ्ग
वि.सं.२०७७ साल माघ १८ गते । आईतबार । ईश्वी सन् २०२१ जनवरी ३१ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । माघ कृष्णपक्ष । तिथि–तृतीया,३७ घडी ४४ पला,बेलुकी ०९ बजेर ५९ मिनेट उप्रान्त चतुर्थी । नक्षत्र–पूर्वाफाल्गुनी,५० घडी ३७ पला,रातको ०३ बजेर ०८ मिनेट उप्रान्त उत्तराफाल्गुनी । योग–शोभन,१८ घडी ४२ पला,दिउसो ०२ बजेर २२ मिनेट उप्रान्त अतिगण्ड । करण–वणिज,बिहान १० बजेर ४३ मिनेट उप्रान्त भद्रा,बेलुकी ०९ बजेर ५९ मिनेट उप्रान्त बव । आनन्दादिमा–छत्र योग । चन्द्रराशि–सिंह । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५३ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ४२ मिनेट । दिनमान २६ घडी ०३ पला ।
आजको बार बेला ।
बिहान ०६ बजेर ५३ मिनेटसम्म उद्वेग बेला ।
बिहान ६ बजेर ५४ मिनेटदेखी बिहान ८ बजेर १४ मिनेटसम्म चर बेला ।
बिहान ८ बजेर १५ मिनेटदेखी बिहान ९ बजेर ३६ मिनेटसम्म लाभ बेला ।
बिहान ०९ बजेर ३७ मिनेटदेखी बिहान १० बजेर ५७ मिनेटसम्म अमृत बेला ।
बिहान १० बजेर ५८ मिनेटदेखी मध्यान्ह १२ बजेर १८ मिनेटसम्म काल बेला ।
मध्यान्ह १२ बजेर १९ मिनेटदेखी दिउसो १ बजेर ३९ मिनेटसम्म शुभ बेला ।
दिउसो १ बजेर ४० मिनेटदेखी दिउसो ३ बजेर ०० मिनेटसम्म रोग बेला ।
दिउसो ३ बजेर ०१ मिनेटदेखी बेलुकी ४ बजेर २१ मिनेटसम्म उद्वेग बेला ।
बेलुकी ४ बजेर २२ मिनेटदेखी बेलुकी ७ बजेर २१ मिनेटसम्म शुभ बेला ।
नोटःशुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृतबेलाको समय पार्नुहोला ।
राहुकाल
बेलुकी ०४ बजेर २१ मिनेटदेखी बेलुकी ५ बजेर ५२ मिनेटसम्म रहनेछ ।
आजको राशिफल
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बिद्या भावमा गोचर गर्ने शुभ चन्द्रमाले अध्ययनमा अरुभन्दा अग्र स्थानमा तपाईँको नाम आउनेछ । शेयर बजार तथा अन्य क्षेत्रमा गरिएको लगानीबाट आजको दिन सन्तोषजनक नाँफा कमाउन सकिनेछ । शुभचिन्तक तथा आफन्तको सहयोग पाईने तथा छोरो छोरिको प्रगति देख्न पाईने हुनाले मन प्रशन्न हुनेछ । अध्ययनकै सवालमा छोटो दुरिको यात्रा हुनेछ । मन परेको मानिसबाट उपाहार तथा भौतिक सम्पती प्राप्त हुनेछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आफन्त,साथिभाई तथा आमाबाट छुट्टिएर यात्रा गर्नुपर्दा मनमा खिन्नता पैदा हुनेछ । घर जग्गा तथा सवारी साधनको खरिद बिक्रि गर्दा ख्याल गर्नुहोला अनाबस्यक झन्झट बेहोर्नु पर्नेछ । अरुको भर पर्दा आफ्नो काम थाती रहन सक्छ । पढाइ लेखाइमा मन नजाने हुनाले अरुभन्दा पछी परिनेछ । तरपनि कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ भने अन्य व्यापार व्यावसायमा लगानी गर्न पर्ख र हेरको रणनीति अपनाउनु होला ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) अध्यापनमा मन जानेछ । आफुलाई मन पर्ने भौतिक सम्पती जोड्न पाउदा मन हर्सित हुनेछ । दाजुभाई तथा छिमेकिबाट सहयोग तथा उपाहार प्राप्तिको योग रहेकोछ । आफन्त तथा मन पर्ने साथिकासाथ छोटो,रमाईलो तथा अर्थपुर्ण यात्रा हुने हुनाले मन प्रशन्न रहनेछ । न्यायिक निर्णयहरु तपाईँकै पक्षमा हुनेछ भने सत्रु परास्त हुनेछन् । खोज तथा अनुशन्धानको क्षेत्रबाट सकारात्मक नतिजा निस्कने हुनाले मन प्रशन्न रहनेछ । साथिभाई तथा आफन्तसँग बसेर मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) बौद्धिक र चिन्तनमूलक क्रियाकलाप दिन बित्नेछ भने घरपरिवार र सन्तति पक्षको सहयोग मिल्नेछ । सामाजिक र परोपकारका क्षेत्र केही समय व्यतीत हुनसक्छ । दैनिक उपभोग्य बस्तुको व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ । माया प्रेममा नजिक हुन सकिनेछ । कुटुम्बबाट आर्थिक सहयोग प्राप्त हुनेछ । औषधीजन्य तथा दैनिक उपभोग्य बस्तुको व्यापारमा बृद्धि हुनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) राम्रा काम गर्न सकिने हुनाले सामाजिक नेतृत्व हात लागी हुने योग रहेकोछ । काममा विशिष्ट व्याक्तिहरुको सहयोग रहनेछ । पढाइ लेखाइलाई सुधार गर्दै वौद्धिक क्षेत्र फराकिलो बनाउन सकिनेछ । प्रियजन भेट हुनुका साथै भौतिक बस्तु उपाहारको रुपमा प्राप्त हुनेछ । बोलीको भरमा चिताएका काम सम्पादन हुने हुनाले आर्थिक रुपमा सुदृड हुन सकिनेछ । राजनीति तथा समाजसेवा गर्नेहरुले जनताको सहयोग पाउने योग रहेकोछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) खर्चस्थानमा गोचर गर्ने चन्द्रमाले लगानीबाट मध्ययम आम्दानी हुनेछ । चुनौतीका बाबजुद काम गर्नुपर्ने हुन सक्छ । छर–छिमेक तथा आफन्तसँग असमझदारी बढ्ने योग छ । प्रतिस्पर्धामा आजको दिन सहभागि नहुँनु नै राम्रो रहनेछ । अत्यावस्यक काममा बाहेक यात्रा नगर्नुहोला । व्यापारमा मन्दि आई दैनिकी कष्टकर नहोला भन्न सकिन्न । तरपनि वैदेशिक क्षेत्रबाट लाभ लिने सकिनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) पशुपालन तथा कृषि क्षेत्रबाट भनेजस्तो लाभ लिन सकिनेछ । पढाइ लेखाइमा प्रगती हुनेछ भने बौद्धिक प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । ठूलाबडाको सहयोगले रोकिएको कामहरु बन्नसक्छ । आत्मबल बढ्नेछ भने शत्रुहरू पराजित हुनेछन् । मातापिता र अभिभावकको आशीर्वाद प्राप्त हुनेछ । समाजसेवाका कामबाट लाभ हुनेछ । प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ ।
बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) आस मारेको काम बन्नाले मन प्रशन्न हुनेछ । गोप्य रहस्य पत्ता लगाउन सकिने हुनाले तपाईँको बौद्धिकताको उच्च कदर हुनेछ । उद्योग र व्यापारबाट विशेष फाइदा हुने समय रहेकोछ । प्रतिस्पर्धी तथा काममा अवरोध गर्नेहरु परास्त हुनेछन् । सहयोगीहरूले राम्रै साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । नयाँ काम थालनी गरी राम्रो फाइदा उठाउन सकिने छ । राजनीति तथा समाजसेवामा समय दिनेहरुका लागी समय उत्तम रहेकोछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) धर्म कर्ममा ध्यान जानेछ भने धार्मिक अनुष्ठान तथा मन्दिरहरुको यात्रा हुनेछ । सानो प्रयत्नले कामहरु बन्ने हुनाले मन खुसि हुनेछ । व्यावसायमा लगानि बढाएर भनेजस्तो नाँफा कमाउन सकिनेछ । अध्ययन तथा अध्यापनमा ध्यान जाने हुनाले अरुलाई उछिन्दै अगाडी बढ्न सकिनेछ । आत्मिय मित्र तथा आफन्तको साथ पाईने हुनाले काम गर्न जागर बढ्नेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) सरकारी पदमा बसेर सेवा पबाह गर्नेहरुले समयमा तपाईँको काम नगरिदिदा महत्वपूर्ण अवसरबाट बञ्चित हुनु पर्नेछ । यात्रा हुने भएपनि बाटामा दुःख तथा शास्ति खेप्नु पर्ने हुन सक्छ ध्यान दिनुहोला । मनमा एक किसिमको बेचैन आउने हुनाले काम गर्न मन लाग्ने छैन । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ । माया प्रेममा रमाउन चाहनेहरुका लागी समय मध्ययम रहेकोछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) एकल तथा साझेदारी व्यावसायबाट थोरै भएपनि नाँफा कमाउन सकिनेछ । साथिभाईहरु बीच मित्रताको बन्धन कसिलो भएर जानेछ भने माया प्रेम नजिक हुन सकिनेछ । शुभ तथा मांगलिक सभा समारोहमा सहभागि भई मिष्टान्न भोजनका साथ समय कटाउन सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) प्रतिस्पर्धीहरू किनारा लाग्नेछन् भने मुद्दा मामिलामा विजयको योग रहेकोछ । रोकिएका काम केही समय दिएर फत्ते गर्न सकिने हुनाले उत्साह जाग्नेछ । संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ । दैनिक उपभोग्य र औषधीजन्य सामानको व्यापारमा बृद्धि हुनाले आर्थिक रुपमा दैनिकी सहज हुनेछ । प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्त हुनेछ । मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्ने हुनाले दिगो फाइदा हुने काम सुरु गर्न सकिनेछ ।
तपार्ईँको दिन शुभ रहोस् ।
- ज्यो.डिपी उपाध्याय ।








