मध्यपश्चिम विश्वविद्यालय र चाइना थ्री गर्जेजबीच सम्झौता

सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेत, नेपाल र चाइना थ्री गर्जेज विश्वविद्यालय, चीनबीच शैक्षिक सहकार्यका लागि सम्झौता भएको छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध कायम गर्न तथा दुई विश्वविद्यालयबीच आपसी समझदारी र शैक्षिक सहकार्य स्थापना गर्ने उद्देश्यका साथ गरिएको मप विश्वविद्यालयले जानकारी दिएकाे छ ।

त्यसैगरी विभिन्न कार्यक्रम तथा गोष्ठीह आयोजना गरिनुका साथै शैक्षिक जानकारी तथा सामग्री आदानप्रदान गर्ने र सम्झौताको मर्म पूरा गर्न तथा दुवै देशको कानून एवं सम्झौताको परिधिमा रही विश्वविद्यालयअन्तर्गतका सङ्काय, स्कुल वा संस्थाले एकापसमा समझदारी गरी परियोजना सञ्चालन गर्न सक्ने सम्झौतामा उल्लेख छ ।

सम्झौताको अवधि पाँच वर्षको रहने जनाइएको छ । हाइड्रोइलेक्ट्रिक इन्जिनीयरिङ र इलेक्ट्रिकल इन्जिनीयरिङ विषयमा प्रख्यात मानिँदै आएको चाइनाथ्री गर्जेज विश्वविद्यालय स्वास्थ्य, सञ्चार तथा कम्प्युटर प्रविधि, खेलकूद, अर्थशास्त्र, व्यवस्थापनलगायत विषय पढाइ हुने चीनकै अग्रणी विश्वविद्यालय हो ।

प्रतिक्रिया