पछिल्लो कोभिड अपडेट : १०९ जनामा संक्रमण, ३५० डिस्चार्ज

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या २ लाख ७० हजार ८ सय ५४ पुगेको छ । यस्तै शनिबार थप ३५० जना संक्रमणमुक्त भएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै थप २ जनाको निधन भएको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या २ हजार ७७९ छ । कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ६६ हजार ४८ पुगेको छ ।

नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २०२७ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया