आहा रारा गोल्डकप चैत १७ गतेबाट

पाेखरा । आहा रारा गोल्डकप फुटबलको १९ औं संस्करण आउँदो चैत १७ गतेबाट पोखरामा हुने भएको छ । आयोजक सहारा क्लबले शनिबार पत्रकार सम्मेलन गरि चैत १७ गते देखि २८ गतेसम्म पोखरा रंगशालामा प्रतियोगिता गर्ने जनाएको हो ।

प्रतियोगितामा विदेशी क्लबसहित ए डिभिजन र मोफसलका टिमसहित १२ टिमले प्रतिस्पर्धा गर्ने तय भएको क्लबका क्लबका अध्यक्ष केशवबहादुर थापाले जानकारी गराए ।

प्रतियोगिताको टिकट शुल्क र पुरस्कार राशी भने सार्वजनिक गरिएको छैन । टिकट शुल्क हेरेर पुरस्कार राशी राखिने अध्यक्ष थापाको भनाइ छ ।

गतबर्षको विजेता मनाङ मर्स्याङ्दी क्लबले १० लाख १ हजार रुपैयाँ पुरस्कार पाएको थियो । प्रतियोगिताका लागि १ करोड १ लाख ८१ हजार रुपैयाँ खर्च हुने र १ करोड ३० लाख १ हजार रुपैयँ अनुमानित आम्दानी हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया