उपाधिका लागि आर्मी र एपीएफ भिड्दै

काठमाडौँ । चौथो संस्करणको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र एपीएफ क्लब प्रतिस्पर्धा गर्दैछन् ।

खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार बिहान ९ बजेदेखि सुरु हुनेछ । एपीएफ यस पटक अपराजित रहँदै फाइनल पुगेको हो । समूह ए मा चारवटै खेल जितेको एपीएफले सेमिफाइनलमा साविक विजेता नेपाल पुलिस क्लबलाई ३० रनले पराजित गरेको थियो ।

समूह एमै रहेको आर्मी भने एपीएफसंग पराजित भई समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको थियो । सेमिफाइनलमा बागमती प्रदेशलाई ९४ रनले पराजित गर्दै आर्मीले एपीएफसंग फाइनल भेट पक्का गरेको हो ।

दुवै टिम एक–अर्कालाई पराजित गर्दै चौथो संस्करणको उपाधि जित्ने लक्ष्यमा छन् । उपाधि विजेताले १० लाख तथा उपविजेताले पाँच लाख पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया