तीनजना पत्रकार र एक सञ्चार संस्थालाई बारबरा फाउन्डेसनकाे सम्मान
२०७७ माघ १६ गते

काठमाडाैँ । बारबरा फाउन्डेसनले नेपालका तीनजना पत्रकार र एक सञ्चार संस्थालाई कोभिड–१९ विशिष्ट सम्मान गरेको छ ।
फाउन्डेसनले अनलाइनखबरका पत्रकार सागर बुढाथोकी कान्तिपुर दैनिककी फातिमा बानु र देशसञ्चार डट कमकी फोटो पत्रकार बर्षा शाह संस्थागत सञ्चारमाध्यममा नेपाल न्युज नेटवर्कलाई पत्रकारिता विधातर्फ कोभिड–१९ विशिष्ट सम्मान गरेको हो ।
पुरस्कृत पत्रकार तथा सञ्चार सँस्थालाई ५० हजार १ रुपैयाँका दरले पुरस्कार दिइने फाउन्डेसनले जनाएको छ ।
बारबारा फाउन्डेसनले कोभिडविरुद्धको लडाइँमा अग्रपंक्तिमा खटिएका डाक्टर, नर्स, सुरक्षा निकाय, स्वास्थ्य सहयोगी तथा पत्रकारलाई कोभिड–१९ विशिष्ट सम्मान प्रदान गर्ने घोषणा गर्दै आवेदन मागेको थियो ।
२०७७ माघ १६ गते
प्रतिक्रिया
सम्बन्धित








