शहीद !

शहीद !

शहीद
तिनीहरुका देशमा पनि छन्
शहीद
मेरो देशमा पनि छन्
तिनीहरुका देशमा
शहीदका सपना साकार पार्न
नेताले आफ्नो सपनालाई रुखमा झुन्ड्याउँछन्
मेरो देशमा
आफ्ना सपना साकार पार्न
नेताले शहीदका सपनालाई रुखमा झुन्ड्याउँछन्

[प्रस्तुत कविता कवि अर्जुन पराजुलीको फेसबूकबाट साभार गरिएको हो : सम्पादक]

प्रतिक्रिया