दल दर्ता प्रक्रिया अगाडि बढाउन ओली समूहको आग्रह

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको नेकपाले दर्ता प्रक्रिया अगाडि बढाउन निर्वाचन आयोगलाई आग्रह गरेको छ । निर्वाचन आयोगले शुक्रबार छलफलको लागि दुवै (ओली समूह र दाहाल–नेपाल समूह)लाई बोलाएको थियो । तर, दाहाल–नेपालले आफैँ उपस्थित हुने भन्दै १८ गतेसम्मको लागि समय माग गरेपछि ओली समूहले दर्ता प्रक्रिया अगािड बढाउन आग्रह गरेको हो ।

१८ गतेसम्मको लागि समय मागिएको पत्र लिएर आयोग पुगेका दाहाल–नेपाल समूहका नेताहरु लीलामणि पोखरेल, सुरेन्द्र पाण्डे, मुक्ति प्रधानलगायतका नेताहरु फर्किएपछि आयोगका पदाधिकारीहरुसँगको अनौपचारिक छलफलको क्रममा ओली समूहले उक्त आग्रह गरेको हो ।

‘दल दर्ता अगाडि बढाउनुस्’, छलफलपछि पत्रकारहरुसँग कुराकानी गर्दै ओली समूहका नेता सुवासचन्द्र नेम्वाङ्गले भनेका छन्, ‘हामी प्रामिकता दिएर सहयोग गर्छौं भन्यौँ । आयागले पनि सर्वोच्चले अन्यथा आदेश नगरेमा तोकिएकै समयमा चुनाव गर्न प्रतिबद्ध छौँ भन्यो ।’

प्रतिक्रिया