यस्तो छ आजको पञ्चाङ्ग र राशिफल [भिडियोसहित]

आजको पञ्चाङ्ग
वि.सं.२०७७ साल माघ १६ गते । शुक्रबार । ईश्वी सन् २०२१ जनवरी २९ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । माघ कृष्णपक्ष । तिथि–प्रतिपदा,४३ घडी ३४ पला,रातको १२ बजेर २० मिनेट उप्रान्त द्वितीया । नक्षत्र–अश्लेषा,५३ घडी ३८ पला,रातको ०४ बजेर २२ मिनेट उप्रान्त मघा । योग–आयुष्मान,२९ घडी ०० पला,बेलुकी ०६ बजेर ३० मिनेट उप्रान्त सौभाग्य । करण–बालव मध्यान्ह १२ बजेर ३९ मिनेट उप्रान्त कौलव,रातको १२ बजेर ३० मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–मृत्यू योग । चन्द्रराशि–कर्कट । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५४ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ४० मिनेट । दिनमान २६ घडी ५६ पला । सहिद दिवस ।

आजको बार बेला ।
बिहान ०६ बजेर ५४ मिनेटसम्म चर बेला ।
बिहान ६ बजेर ५५ मिनेटदेखी बिहान ८ बजेर १५ मिनेटसम्म लाभ बेला ।
बिहान ८ बजेर १६ मिनेटदेखी बिहान ९ बजेर ३६ मिनेटसम्म अमृत बेला ।
बिहान ०९ बजेर ३७ मिनेटदेखी बिहान १० बजेर ५७ मिनेटसम्म काल बेला ।
बिहान १० बजेर ५८ मिनेटदेखी मध्यान्ह १२ बजेर १७ मिनेटसम्म शुभ बेला ।
मध्यान्ह १२ बजेर १८ मिनेटदेखी दिउसो १ बजेर ३८ मिनेटसम्म रोग बेला ।
दिउसो १ बजेर ३९ मिनेटदेखी दिउसो २ बजेर ५९ मिनेटसम्म उद्वेग बेला ।
दिउसो ३ बजेर ०० मिनेटदेखी बेलुकी ४ बजेर २० मिनेटसम्म चर बेला ।
बेलुकी ४ बजेर २१ मिनेटदेखी बेलुकी ७ बजेर २० मिनेटसम्म रोग बेला ।
नोटः शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृतबेलाको समय पार्नुहोला ।

राहुकाल
बिहान १० बजेर ५६ मिनेटदेखी दिउसो १२ बजेर १७ मिनेटसम्म रहनेछ ।

आजको राशिफल
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन ध्यान दिनुहोला । कामको अवसर प्राप्त भए पनि तत्काल फाईदा नहुन सक्छ । पहिलेका सम्झौता तोडी नयाँ काम गर्न सकिनेछ । अरूको भर पर्नाले काम पुरा नहुन सक्छ । तरपनि अन्योलमा मान्यजनको सुझावलाई शिरोधार्य गर्दा सामान्य लाभ हुनेछ । कृषि तथा पशुपालन व्यावसायमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) दाजुभाई तथा छिमेकिहरुसँग आन्तरिक बिषयमा मनमुटाव बढ्नेछ भने सत्रले दुःख दिनेछन् । अदालत तथा न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईँको पक्षमा नहुन सक्छ,ध्यान दिनुहोला । माया प्रेममा सामान्य मनमुटाव तथा पति पत्नी बीच अबिस्वास बढ्न सक्छ । यात्रा गर्दा ध्यान दिनुहोला बिभिन्न समस्याहरुको सामना गर्नुपर्नेछ । पढाइ लेखाइमा ध्यान नजादा नतिजा बिग्रन सक्छ ध्यान दिनुहोला ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) आर्थिक तथा बौद्धिक क्षेत्रमा तपाईँको गतिलो उपस्थितिले मान तथा सम्मान दिलाउनेछ । बोलिको प्रभाव बढ्ने हुँदा समर्थक तथा प्रशंसक बढ्नेछन् । पारिवारिक माहोलमा सहभागी भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा बिश्वासको बाताबरण थप मजभुत हुनेछ भने घर परिवारमा एक अर्का बीच आत्मियताको भाव झल्कनेछ । अध्यानमा मन जानेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) बिशिष्ट व्याक्तिहरुको भेटघाटले नयाँ योजनाहरु बनाउन सहयोग पुग्नेछ । रोकिएर बसेका तथा पुराना कामहरु हल भएर जाने योग रहेकोछ । बिलाशि तथा सुन्दर बस्तुको प्रयोग मार्फत अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ । पढाइ लेखाइमा मन जाने हुनाले अरुभन्दा अग्र पंत्तिमा तपाईँको नाम आउनेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरुका लागी समय उत्तम रहेकोछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) स्वास्थ्य सम्बन्धी समस्या आउनेछ भने शरिरमा आलस्यता तथा अल्छिपना बढेर जानेछ । अनाबस्यक ठाउमा श्रम तथा शक्ति खर्च हुन सक्छ ध्यान दिनुहोला । ध्यान अन्यत्रै मोडिदा पढाइ लेखाइ कमजोर रहनेछ । प्रेममा धोका तथा बिश्वासघात हुनेछ ध्यान दिनुहोला । व्यापार व्यावासायमा भनेजस्तो आम्दानी गर्न प्रशस्त समय खर्चनु पर्ने भएपनि विदेशमा उत्पादित सामानको व्यावसाय फस्टाएर जानेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) आज नाँफा वा लाभांश सञ्चय नहुन सक्छ । व्यापारमा मन्दि आउने तथा सामानहरु विग्रन सक्छ । श्रमको राम्रै मूल्यांकन भए पनि प्रतिफल तत्कालै प्राप्त हुने छैन । आम्दानी र सञ्चित रकम समेत खर्च हुनेछ । तरपनि निर्माण सामाग्री र प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुले प्रविधिको प्रयोग मार्फत आफ्ना भनाईहरु साटासाट गर्न सक्नेछन् ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) आफ्नो वा आफन्तको स्वास्थ्य कमजोर रहनाले चिताएको काम सम्पादन हुने छैनन । जिम्मेवारी बढेपनि न्यून पारिश्रमिकमा चित्त बुझाउनु पर्नेछ । बाध्यताले अनावश्यक अलमल बढाउन सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला । तरपनि व्यावसायिक काममा समय खर्च हुने तथा मनग्गे धन आर्जन गर्न सकिनेछ । अरूका काममा श्रम तथा बुद्धि खर्च भएपनि फाईदा आफैलाई हुनेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्राको तय गर्न सकिनेछ । सरकारी तथा प्रशासनिक काममा सम्मानजनक उपश्थिति रहनेछ । परिवारजनको सहयोगले नयाँ योजनाहरु बनाउन सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा सकारात्मक नतिजा हात लाग्नेछ भने अध्यानमा प्रगति भएर जानेछ । शैक्षिक तथा धार्मिक यात्राको तय गर्न सकिनेछ । प्रेम तथा मित्रताको गाठो कसिलो भएर जानेछ । सार्वजनिक क्षेत्र अथवा सरकारको कुनै महत्वपूर्ण जिम्मेबारी प्राप्त हुनसक्छ । सरकारी काम र मुद्दा मामिलामा लाभ प्राप्त हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) कामहरु समयमा सम्पन्न नहुने तथा आलोचकहरु बढ्नेछन् । पढाइ लेखाइ तपाई आफ्नै कारणले फितलो रहनेछ । पहिले नै फत्ते भईसकेका कामहरु पुनह दोहेरिने हुँदा मानशिक तनाव बढ्नेछ । सानातिना घरेलु समस्याले सताउनेछ भने आफन्त तथा दिदि बहिनी हरुसँग घरायसी बिषयमा मनमुटाव सिर्जना हुनेछ । माया प्रेममा धोका अबिश्वास बढ्ने हुनाले प्रेम गर्ने जोडिहरु आज नभेट्दा नै राम्रो रहनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) पढाइ लेखाइमा सोचेजस्तै प्रगति हुने हुनाले आफन्त तथा गुरुहरु प्रसन्न हुनेछन् । सवारी साधन तथा धन सम्पति हात लाग्ने योग रहेको छ । व्यापारमा नाँफा कमाउन सकिनेछ । दाम्पत्य जीवनमा बिश्वासको बाताबरण अझ बढेर जाने हुनाले घर परिवारमा घुसियालि छाउनेछ । व्यापार गर्ने शिलशिलामा यात्रा गर्ने अवसर जुर्नेछ भने यात्राका क्रममा बौद्धिक मानिसहरुसँग भेटघाट हुने हुनाले मन प्रशन्न रहनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) बिद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई हराउदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । आटेका तथा सोचेका कामहरु समयमा सम्पन्न हुने हुँदा मन प्रशन्न हुनेछ । अदालत तथा न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईँकै पक्षमा हुनेछन् । प्रेम प्रशङगमा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ । स्वास्थ्य आफ्नै काबुमा हुने हुनाले हरेक क्षेत्रमा अगाडी बढ्न सकिनेछ । मावली पक्षबाट भनेजस्तो सहयोग पाईने हुनाले मन प्रशन्न हुनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) सन्ततिका क्रियाकलापमा मन प्रशन्न रहनेछ भने वंश बृद्धिको गतिलो योग रहेकोछ । जानकार व्यक्ति वा गुरुजनको सहयोगले आत्मबल बढ्ने तथा छोराछोरीको स्वास्थ्य एवं पढाइप्रति जिम्मेवारी बोध हुनेछ । बन्दव्यापारबाट प्रशस्त लाभ हुनेछ भने दैनिक उपभोग्य सामानको कारोबारबाट नाँफा कमाउन सकिनेछ । पठनपाठन र चिन्तनमननमा ध्यान केन्द्रित हुनेछ । भौतिक सम्पती तथा विलाशी सामान उपाहारको रुपमा प्राप्त हुने योग रहेकोछ ।

तपार्ईँको दिन शुभ रहोस् ।

  • ज्यो.डिपी उपाध्याय ।

प्रतिक्रिया