प्रधानमन्त्री, चार पूर्वप्रधानन्यायाधीशहरु र पूर्वसभामुख ढुँगानाले अदालतमा उपस्थित भएरै जवाफ दिनुपर्ने

काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्रीसहित चार पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुखलाई आफैँ उपस्थित भएर जवाफ दिन आदेश दिएको छ । सर्वोच्चले अवहेलना मुद्दामा प्रधानमन्त्री केपी ओलीसहित पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ण, सुशीला कार्की र पूर्वसभामुख दमननाथ ढुंगानालाई आफैँ उपस्थित भएर लिखित जवाफ दिन भनेको हो ।

सर्वोच्चका प्रवक्ता सहायक प्रवक्ता देवेन्द्र ढकालले दिएको जानकारीअनुसार उनीहरुलाई बाटोको म्यादबाहेक सात दिनभित्र आफैँ आएर लिखित जवाफ दिन अदालतले आदेश दिएको छ ।

अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले प्रधानमन्त्रीले विचाराधीन मुद्दामा टिप्पणी गरेको र अधिवक्ताहरूलाई अशिष्ट र अमर्यादित भाषा प्रयोग गरेको भन्दै अपहेलनाको मुद्दा पेश गरेका थिए ।

चार पूर्वप्रधानन्यायाधीशले गत २४ पुसमा विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटन निर्णयलाई असंवैधानिक भनेका थिए ।

प्रतिक्रिया