भारतमा कोभिडबाट एक लाख ५३ हजारभन्दा बढीकाे मृत्यु

काठमाडौं । भारतमा काेभिड-१९ बाट हालसम्म एक लाख ५३ हजार ८४७ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा १२३ मृत्यु भएसंगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ५३ हजार ८४७ पुगेको हो ।

एक करोड तीन लाख ७३ हजारभन्दा बढी व्यक्ति कोरोना सङ्क्रमणमुक्त भएका छन् । भने हाल सक्रिय संक्रमितको संख्या एक लाख ७३ हजार ७४० रहेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

यसैबीच, सरकारले देशका विभिन्न भागमा काेराेना परीक्षणलाई तीव्रता दिने बताएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले बुधबारसम्म देशभर १९ करोड ४३ लाख ३८ हजारको हाराहारीमा नमूना परीक्षण गरेको छ ।

प्रतिक्रिया