म्यान् यूले शिर्ष स्थानमा पुग्ने माैका गुमायाे

काठमाडाैँ । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड सेफिल्ड युनाईटेडसँग पराजित भएको छ । घरेलु मैदानमा भएको खेलमा म्यान यू अंक तालिकाको पुछारमा रहेको सेफिल्डसँग २–१ ले पराजित भएको हो ।

२३ औं मिनेटमा किन ब्रायनले गोल गर्दै सेफिल्डलाई अग्रता दिलाएको खेलको ६४ औं मिनेटमा ह्यारी मग्वेरले बराबरी गोल फर्काएका थिए । तर, ७४ औं मिनेटमा ओलिभर बुर्केले गोल गर्दै सेफिल्डलाई जिताए ।

हारसँगै युनाईटेडले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । जीतपछि पनि सेफिल्ड तालिकाको पुछारमै छ ।

दोस्रो स्थानको युनाईटेडको २० खेलमा ४० अंक छ भने शिर्ष स्थानकाे म्यानचेस्टर सिटीको ४१ अंक छ ।

प्रतिक्रिया