सिँहकाे हत्यामा नेकपाकाे हात रहेकाे तरुण दलकाे आराेप

काठमाडाैँ । नेपाल तरुण दलले बझाङको छबिस पाथिभेरा गाउँपालिकामा आफ्ना कार्यकर्ता अमृत सिंहको हत्यामा नेकपा कार्यकर्ताको संलग्नता रहेको दाबी गरेको छ ।

तरुण दलका अध्यक्ष जीतजङ्ग बस्नेतले विज्ञप्ति निकालेर, मंगलबार साँझ नेकपाका कार्यकर्ताहरु ज्ञानबहादुर कडायत, प्रकाश ऐडी लगायतले बिच सडकमै खुँडा प्रहार गरि सिंहको हत्या गरेको दाबी गरेका हुन् ।

बन्नीचौर माध्यमिक विद्यालय व्यवस्थापन समितिको निर्वाचन सम्पन्न गरी आफ्नो घर जाने क्रममा सोही गाउँपालिका वडा नं। ३ का वडा अध्यक्ष विकास ऐडीको सरकारी मोटरसाईकल प्रयोग गरी सिंहको हत्या गरिएको विज्ञप्तिमा उल्लेख छ । दोषीलाई पक्राउ गरि तत्काल कारबाही गर्न पनि तरुण दलले माग गरेको छ ।

प्रतिक्रिया