२ वर्षीया छोरीको हत्या अभियोगमा बाबु पक्राउ

काठमाडौं । हत्या अभियाेगमा दुई जिल्लाबाट तीन जना पक्राउ परेका छन् ।

अर्घाखाँचीमा आफ्नै २ वर्षीया छोरीको हत्या गरेको अभियोगमा शितगंगा नगरपालिका-२ झिर्रा बस्ने २४ वर्षीय सन्तोष घिमिरेलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । घरमा कोही नभएको अवस्थामा घिमिरेले आफ्नै छोरीको हत्या गरेको ईलाका प्रहरी कार्यालय ठाडाले जनाएकाे छ ।

यस्तै बझाङकाे छबिसपाथिभेरा गाउँपालिका-३ बस्ने २७ वर्षीय अमृत सिंहलाई धारिलो हतियार खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा छबिसपाथिभेरा गाउँपालिका-२ बस्ने ३२ वर्षीय ज्ञान बहादुर कडायत, ३२ वर्षीय प्रकाश ऐडी र ४० वर्षीय केदारमान ऐडी रहेका छन् ।

कडायतलाई मंगलबार तथा प्रकाश र केदारमानलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो । घाइते अमृतको जिल्ला अस्पताल बझाङमा उपचारको क्रममा मृत्यु भएको हो । घटनाबारे अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया